मण्डी–गोविन्दगढमा महिला दिवस मनाइयो

मण्डी–गोविन्दगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुरपश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत मण्डी–गोबिन्दगढ महिला विभागको आयोजनामा १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ ।

कार्यक्रम नगर उपाध्यक्ष मिना सुनारको अध्यक्षता नगर सहसचिव बसन्ता विकको सञ्चालनमा अगाडि बढेको थियो ।

सहिदहरुप्रति एक मिनेट मौनधारण पछि नगर कोषाध्यक्ष सावित्रा परियार र रक्तिमका कलाकारहरुले स्वागत गरेका थिए ।

कार्यक्रममा क्षेत्रीय सदस्य एवं नगर अध्यक्ष राम बहादुर ताम्राकारले महिला दिवसको महत्वको बारेमा प्रष्ट्याउनु भएको थियो ।

त्यस्तै नगर सचिव लालबहादुर विकले स्थानीय महिला समितिको समस्या र त्यसको समाधान बारे विचार राख्नु भएको थियोे ।

नगर सदस्य शुरेश परियार र खिमबहादुर सुनारले पनि कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार