मध्य दक्षिण क्षेत्रीय समितिद्वारा ऐक्यवद्धता सभा सम्पन्न

हैदरावाद, २९ नोवेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिको आयोजनामा स्वदेशमा राष्ट्रिय जनमोर्चाद्वारा घोषणा गरिएको संघीयता विरुद्धको सभाप्रति ऐक्यवद्धता प्रकट गर्दै सभा सम्पन्न भएको छ ।

कार्यक्रम अखिल नेपाल किसान महासंघको केन्द्रीय अध्यक्ष भैरवराज रेग्मीको प्रमुख आतित्थ्यता रहेको थियो । त्यस्तै राजमो नेता आनन्द शर्माको विशिष्ट आतित्थ्यता रहेको सो कार्यक्रममा मूल प्रवाह केन्द्रीय उपाध्यक्ष कपिल खनाल, महासचिव ठाकुर खनाल, केन्द्रीय सचिव प्रेम पौड्याल, नेपाली समाचार सह सम्पादक तथा केन्द्रिय सल्लाहकार धनवीर पुन, सदस्य रामप्रसाद आचार्य, मूल प्रवाह महिला केन्द्रिय विभागकी संयोजक फुलविना पौडेल, सल्लाहकार रामकुमार क्षेत्री, क्षेत्रीय सदस्य प्रतिनिधि रतनसिंह विक, क्षेत्रीय सदस्य भीमबहादुर थापा लगायतको आतित्थ्यता रहेको थियो ।

कार्यक्रम क्षेत्रीय सदस्य थम्मन बस्नेतको सञ्चालन र क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेलबाट अगाडि बढेको सो कार्यक्रममा ज्ञात–अज्ञात शहिदहरुको संझनामा एक मिनेट मौनधारण पछि क्षेत्रीय सदस्य घनश्याम शर्माले कार्यक्रममा सहभागिहरुलाई स्वागत गर्नुभएको थियो ।

संघीयताको नाममा राष्ट्रिय विखण्डन गर्ने, तराईलाई पहाडी भूभागबाट अल्ग्याउने, सामाजिक सद्भाव खल्बल्याउने, साम्प्रदायिक भड्काव पैदा गराउने जस्ता कार्यमा देशी विदेशी बिभिन्न प्रतिक्रियावादीले पुरा प्रयत्न गरेका थिए र अहिले पनि उनीहरुको त्यो प्रयास जारी रहेको प्रमुख अतिथि भैरवराज रेग्मीले बताउनु भयो । रेग्मीले नेपालको परिवेशमा कुनै पनि अवस्थामा ठिक नभएकोले यसलाई खारेज गर्नुको विकल्प नरहेकोमा जोड दिनु भयो ।

कार्यक्रमका विशिष्ट अतिथि राजमो नेता आनन्द शर्माले– “नेपालमा संघीयता चाहनेहरुले संघीयताको नेपाली मौलिकता, त्यसको परिभाषा, औचित्य आदिबारे अहिलेसम्म कुनै वस्तुपरक तर्क दिन सकेका छैनन् ।” बताउनु भयो, नेता शर्माले अगाडि भन्नु भयो– “त्यसरी पहिलो, संघीयताको कुनै ऐतिहासिक पृष्ठभूमि नहुनु, दोश्रो, संघीयता चाहनेहरुले मौलिक अर्थ सहित त्यसको औचित्यता प्रष्ट गर्न नसक्नु–ले स्पष्ट छ कि नेपालका संघीयतावादीले भारतीय साम्राज्यवाद र पश्चिमा साम्राज्यवादीहरुको स्वार्थ अनुकूलित संघीयतामाथि नै जोड दिंदै आएका छन् ।”

शर्माले अगाडि भन्नु भयो– “व्यवहारमा पनि त्यो कुरा विगत चौध वर्षदेखि संघीयताको राग अलापेका संघीयतावादीहरुले संघीयताको नाममा साम्राज्यवादी इच्छा र उद्देश्यलाई कार्यान्वयन गर्ने प्रयत्न गर्दै आएका तथ्यबाट पनि प्रष्ट हुन्छ । त्यस अनुसार एकथरिले जातीय राज्यको अवधारणा अनुसार संघीयताको वकालत गर्दै आएका छन् भने अर्कोथरिले तराईलाई पहाडी भू–भागबाट अल्ग्याउने क्षेत्रीय अखण्डता विरुद्धको अवधारणा अनुसार संघीयताको वकालत गर्दै आएका छन् । त्यसरी नेपालमा संघीयता नेपाली जनताको आवश्यकता नभएर साम्राज्यवादी स्वार्थ पुरा गराउने एक माध्ययम मात्र भएको कुरा बुझ्न सकिन्छ ।” शर्माले नेपालबाट संघीय प्रणालीलाई खारेज गरेर कोरोना भाइरसबाट प्रभावितका समस्या समाधानमा जोडनु पर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार