मध्य दक्षिण क्षेत्रीय समितिद्वारा आर्थिक सहयोग

तिलक राना,

हैदराबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिले विभिन्न समितिहरुबाट आर्थिक संकलन गरि बिरु सुनारलाई रु. ६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

कास्की जिल्ला, पोखरा माहानगरपालीका वाड नं १९ लामाचौर भुनपरे घर भएका बिरु सुनारको श्रीमति बिबा सुनारको हैदरावादको मेडचलस्थित १७ नवम्बर २०२० का दिन बाइक दुर्घटनामा परि एउटा खुट्टा भाँचीएको र अर्को खुट्टामा गम्भिर चोट लागेको साथै छातीको करङ्ग पनि भाचिएको थियो ।

सिकिस्त अबस्तामा उस्मानिया हस्पिटलको सैयामा उपचार भैरहेको ्उहाँको आर्थीक स्थति कमजोर भएको हँुदा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिले विभिन्न समितिहरुबाट आर्थिक संकलन गरि बिरु सुनारलाई रु. ६ हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार