मध्य दक्षिण क्षेत्रीय समितिले सम्पन्न पार्यो भैलो २०७७

तिलक राना,
हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिको आयोजनामा यस क्षेत्र भित्र सम्पुर्ण नगर, एरियादेखि टोल समितिसम्म २०२० (२०७७) को जनवादी भैलो सम्पन्न पारेको छ ।

कोरोनाको विषम परिस्थितिका बाबजुद समय प्रतिकुल भएको अवस्थामा पनि उत्साहका साथ सम्पूर्ण स्तरका कार्यकर्ताहरु भैलो र आम जनतामा मूल प्रवाहको शुभकामना पुर्याउन कतै छुटेनन् । तिहारलाई भैलोको रुपमा भन्दा पनि शुभकामना आदान प्रदानको माध्यम बनाएर निरन्तर रुपमा मूल प्रवाहका नेता कार्यकर्ता जनताका घर घरमा पुगे । सञ्चालन भैरहेको ।

कोरोना भाइरसको कारण अत्यन्तै प्रतिकुल अबस्थामा समेत हाम्रो संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिको बिगतका बर्षहरुमा झैं यो वर्ष पनि तिहारको अबसरमा सतर्कता अपनाउँदै आम जनतासँग भेटघाट गरे ।

जनतासँग शुभ–कामना लिने र दिने साथै गक्ष अनुसार भैलो स्वरु व्यवसायी, उद्यमी, जनता, शुभचिन्तकहरुबाट संगठनलाई सहयोग प्रदान पनि भएको हामीलाई केन्द्रीय सचिव प्रेम पौडेलले जानकारी दिनुभएको छ ।

“क्षेत्रीय समिति, नगर समिति, एरिया समिति र टोल समितिसम्मका नेता कार्यकर्ता पुरै परिचालित भै निरन्तर खटिनु भयो ।” पौडेलले भन्नु भयो– “सर्बप्रथम यस्तो प्रतिकुल अबस्थामा समेत संगठनले सुम्पेको जिम्बेवारी पुरा गर्न निरन्तर खटिनु हुने सबै नेता कार्यकर्ता साथै सम्पुर्ण सहयोग दाताहरुलाई मध्य दक्षिण क्षेत्रीय समिति हार्दिक बधाई तथा धन्यबाद ज्ञापन गर्दछु ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार