मनीदेवी विकलाई जापानबाट डेढ लाख सहयोग रकम हस्तातरण

मेघराज रिष्मेली

टोकियो । बागलुङ जिल्ला ढोरपाटन नगरपालिका वडा नं. ५ प्याङखोला डाँडागाउँस्थित जन्म घर भएकी वर्ष ३४ की मृगौलापीडित मनीदेवी विकको उपचारका लागि एक लाख ५५ हजार ५१४ रुपियाँ सहयोग गरिएको छ ।

खाता नम्बर १०३६०–७०६८९२६३ मा जम्मा गरी ने.रु. एक लाख ५५ हजार ५१४ रुपियाँ शिव गिरी र डन्ड केसी को विशेष पहल तथा जापान नेपाली एकता समाज एवम् अन्य साथीहरूको सहयोगमा सङ्कलित रकम नेपाल पीडितसमक्ष पठाइएको जापान नेपाली एकता समाज क्षेत्रीय समिति टोकियोका अध्यक्ष डण्ड केसीले युगदर्शनलाई जानकारी दिनुभयो।

पीडित विक यतिबेला इन्डियाको एक मृगौला हस्पिटलमा गत छ महिना पहिलेदेखि उपचारत रही मृत्युर जीवनको दोसाँधमा छट्पटाइरहेकी छिन्।

उनका श्रीमानको पहिल्यै खोलाले बगाएर मृत्यु भएको र उनका तीन छोरी र एक छोरा सानै उमेरका छन् ।

एउटा दलित परिवारका सामान्य परिवारकी छोरी भएकाले उनी कैयौँ पटक बुटवल तथा काठमाडौँको वीर हस्पिटलमा उपचार गरिरहँदा पनि आर्थिक अवस्था कमजोर भएकै कारण उपचार हुन नसकेपछि अहिले इन्डियामा उनका आफन्तले उपचार गराइरहेको र मृगौलापीडित मनीदेवीलाई उपचार गर्न आर्थिक अवस्था कमजोर भएका कारणले उपचारमा समेत समस्या परेको हुदा उनको जीवन रक्षाको निम्ति आर्थिक सङ्कलन अभियान सञ्चालन गरी पीडितलाई पठाइएको हो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार