मलेसियामा नेपाली युवाको कोरोना संक्रमणका कारण निधन

गोविन्द विष्ट, मलेसिया ।
मलेसियामा कोरोना संक्रमणका कारण एक नेपाली युवाको ज्यान गएको छ । टप ग्लोब्स कम्पनीमा सुरक्षागार्डमा कार्यरत नवलपरासीका यामनारायण चौधरीको मृत्यु भएको हो ।

मलेसियाको केलाङ मेरुमा अवस्थित सो कम्पनीमा सुरक्षागार्डका रुपमा कार्यरत चौधरीको कोरोना संक्रमणको कारणले मृत्यु भएको सोही कम्पनीमा सँगै कार्यरत अर्का नेपाली कामदारले जानकारी दिए ।

करिब अढाई वर्षदेखी सो कम्पनीमा सेक्युरिटी गार्डमा काम गर्दै आएका यामनारायण दुई हप्ता अगाडिदेखि नै रुघाखोकी, ज्वरो, स्वासप्रस्वासमा समस्याले ग्रसित भई कोरोना विशेष अस्पतालमा आइसोलेसनमा उपचाररत थिए । उपचारकै क्रममा उनको ज्यान गएको हो ।

चौधरीको पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार