मसालद्वारा दुई कामरेडहरुप्रति श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले पार्टी सदस्यद्वय चन्द्रबहादुर नेपाली (क. प्रताप) र बविता गायक (क. मेची) प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।

सुर्खेत जिल्लाको विरेन्द्र नगरपालिका–७ निवासी नेपालीको यही जेठ ८ गते मृत्यु भएको थियो भने बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका–१२ घर भइ प्रवास भारतमा कार्यरत बविताको जेठ २८ गते मृत्यु भएको थियो ।

महामन्त्री सिंहले आइतबार शोक वक्तव्य प्रकाशित गरी उहाँहरु दुवै जनाप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।

विज्ञप्तीमा लेखिएको छ :

“सुर्खेत जिल्ला विरेन्द्र नगरपालिका–७ निवासी कामरेड चन्द्रबहादुर नेपाली (का. प्रताप)को २०७८ जेष्ठ ८ गते मृत्यु भएको छ । उहाँ नेपाल कम्युनिस्ट पार्टी(मसाल)का सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युप्रति पार्टीले गहिरो दुःख प्रकट गर्दछ । उहाँ अखिल नेपाल किसान महासंघको जिल्ला अध्यक्ष हुनाको साथै ने.क.पा.(मसाल)को नगर समिति सदस्य हुनुहुन्थ्यो । उहाँ लामो समयदेखि कार्यरत हाम्रो पार्टीको इमान्दार, अनुशासित र जुझारु पार्टी सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युले हाम्रो पार्टीको आन्दोलनलाई गम्भीर क्षति पुगेको छ । हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछौँ ।

बाग्लुङ जिल्ला बाग्लुङ नगरपालिका–१२ निवासी का. बविता गायक (का. मेची)को भारतमा ४८ वर्षको उमेरमा २०७८ जेष्ठ २८ गते मृत्यु भएको छ । रोजगारीको सिलसिलामा उहाँको परिवार करिब २६ वर्षदेखि दक्षिणभारतमा रहँदै आएको थियो । उहाँ ने.क.पा.(मसाल) को पार्टी सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युप्रति पार्टीले गहिरो दुःख प्रकट गर्दछ । समाजसेवी व्यक्तित्वकी का. बबिता गायक भारतस्थित प्रवासी नेपालीहरुको बीचमा महिला विभाग सदस्य भएर कार्यरत हुनुहुन्थ्यो । उहाँ अनुशासित, मिलनसार र कर्तव्यनिष्ठ पार्टी सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युबाट पार्टीको आन्दोलनलाई गम्भीर क्षति पुगेको छ । हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछौँ ।”

२०७८ जेष्ठ ३० गते

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार