महामन्त्री सिंहको अगुवाइमा ‘डा. गोविन्द केसी बचाउ अभियान’ शुरु

काठमाडौँ। मेडिकल शिक्षा सुधारको माग गर्दै लामो समयदेखि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै ‘गोविन्द केसी बचाउ अभियान’ शुरु भएको छ । नेकपा (मसाल)का महामन्त्री मोहनबिक्रम सिंहको नेतृत्वमा अभियान सुरु गरिएको अभियन्ता बासुदेव मिश्रले जानकारी दिए ।

मंगलबार एक वक्तव्य जारी गर्दै अभियानले डा. केसी र सरकारबीच बिगतमा भएका सहमति अबिलम्ब कार्यान्वयन गरि डा. केसीको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गरिएको छ । ‘उपेक्षित र उत्पीडित क्षेत्र र वर्गका जनताका चिकित्सा-शिक्षा सम्बन्धी हकहितका मागहरुलाई लिएर बारम्बार आमरण अनसन बस्दै आएका प्रा.डा. गोविन्द केसीले आफ्नो अनसन अभियानको उन्नाइसौं शृङ्खला यसपटक नेपालकै सबैभन्दा दुर्गम क्षेत्र कर्णालीको जुम्ला जिल्लाबाट कर्णालीमै चिकित्सा शिक्षाको उच्च तहको अध्ययन-अध्यापन गर्नु-गराउनु पर्ने लगायत विगतमा सबैजसो सरकारहरुसँग सहमति भएका मागहरुको कार्यान्वयनको लागि शुरु गरेको अनसन आज तीन हप्ता बितिसकेको छ’, जारी वक्तव्यमा भनिएको छ, ‘अनसनकै क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत डा. केसीको स्वास्थ्य गम्भीर र संवेदनशील मोडमा पुगेको छ। यसप्रति हामी राजनीतिक, सामाजिक, शैक्षिक, जनस्वास्थ्य, मानव अधिकार र ट्रेड युनियन क्षेत्रका सचेत, संवेदनशील र जिम्मेवार सरोकारवाला निकाय र व्यक्तिहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।’

वक्तव्यमा सरकार आफैले सहमति गरेका विषयबाट पछि हटेको भन्दै डा. केसीको जायज मागप्रति देखाएको उदासीनताले सरकारको चरित्र उदाङ्गो बनाएको बताइएको छ । तत्काल वार्ता र सम्वादमार्फत अनसन अन्त्य गराउनु पर्नेमा यत्रो दिनसम्म पनि कुनै ध्यान नदिनु गम्भीर चिन्ताको विषय बनेको वक्तव्यमा उल्लेख छ ।

अभियानले माग पूरा गर्न आलटाल गरी डा.केसीको जीवन तलमाथी भएमा त्यसको सम्पूर्ण जिम्मेवार सरकार स्वयं नै हुनुपर्ने चेतावनी पनि दिएको छ । ‘हामी सरकारलाई तत्काल वार्ता टोली गठन गरी अविलम्ब वार्ताप्रकृया सुरु गर्न विशेष आग्रह गर्दछौं । यसअघिका सरकारहरुद्वारा पूरा गर्ने भनी सहमति भएका मागहरु नित्तान्त जायज भएकाले तत्काल कार्यान्वयनमा लैजाने विश्वासिलो आधार तयार गर्न पनि सरकारसंग जोडदार माग गर्दछौं’, वक्तव्यमा भनिएको छ ।

मुलुक कोभिड-१९ को महामारीका कारण गम्भीर संकटमा परेका बेला अन्य चिकित्साकर्मीहरु पनि आन्दोलित हुने स्थिति पैदा हुनेतर्फ सचेत गराउँदै वक्तव्यमा यस्तो संवेदनशील विषयप्रति खेलबाड नगर्न ध्यानाकर्षण गराइएको छ ।

अभियानले डाक्टर केसीका मागहरुबारे एक अध्ययन कार्यदल गठन गरी त्यसले दिने सुझावका आधारमा सबै जायज माग पूरा गर्ने प्रतिबद्धता जनाउन पनि सुझाव दिएको छ । जनस्वास्थ्य र शिक्षासेवी डा. केसीको ज्यान जोखिममा परिरहेकोले तत्काल जीवन रक्षा गर्दै सामाजिक न्याय, समानता, शान्ति र सत्याग्रहको सम्मान गर्नसमेत आग्रह गरेको छ ।

अभियानकर्ताहरु 

  • मोहनविक्रम सिंह महामन्त्री – नेपाल कम्युनिस्ट पार्टी (मसाल)
  • सीपी मैनाली – महासचिव नेकपा (माले)
  • चित्रबहादुर केसी – अध्यक्ष (राष्ट्रिय जनमोर्चा, नेपाल)
  • स्वनाम साथी – वरिष्ठ वामपन्थी नेता
  • डा. मथुरा श्रेष्ठ – पूर्व स्वास्थ्यमन्त्री तथा वरिष्ठ चिकित्साकर्मी एवं मानव अधिकारवादी नेता
  • युवराज सङ्ग्रौला – वरिष्ठ अधिवक्ता
  • गौरी प्रधान – मानवअधिकारकर्मी
  • लोककृष्ण भट्टराई – अध्यक्ष,पुष्पलाल स्मृति समाज
  • साध्यबहादुर भण्डारी – अध्यक्ष, राष्ट्रिय जागरण परिषद, नेपाल
  • रवीन्द्र श्रेष्ठ – पूर्वमन्त्री एवं प्रतिनिधि नेकपा (वोल्सेभिक)
  • नारायण शर्मा – संविधानसभा सदस्य एवं नेता, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)
  • एकराज भण्डारी – संविधानसभा सदस्य एवं वरिष्ठ अधिवक्ता
  • युवराज घिमिरे – वरिष्ठ पत्रकार
  • गुणराज लोहनी – अध्यक्ष, जागरण अभियान, नेपाल
  • विश्वनाथ प्याकुरेल – अध्यक्ष, पेशागत महासंघ, नेपाल
  • प्रेमल कुमार खनाल – ट्रेड युनियनकर्मी, प्रेसिडेन्सीयल काउन्सिल सदस्य, विश्व ट्रेड युनियन महासंघ (WFTU)
  • वासुदेव मिश्र – प्रधान सम्पादक, www.jandisha.com
  • नीलकण्ठ तिवारी – प्रधान सम्पादक, ऐक्यबद्धता मासिक
  • गङ्गा बहादुर लामा – अध्यक्ष, सहिद र बेपत्ता स्मृति प्रतिष्ठान
  • बलराम तिमल्सिना – कवि तथा स्वतन्त्र वामपन्थी
  • नरेन्द्र जङ्ग पिटर – लेखक तथा स्तम्भकार
  • डा. शम्भु कटेल – संयोजक, मार्क्सवादी एकता अभियान
  • डा. मोहन खतिवडा – अध्यक्ष, नेपाल राष्ट्रिय प्राध्यापक संगठन
  • राजेन्द्र रेग्मी – पूर्वअध्यक्ष, नेपाल वायु सेवा कर्मचारी संघ तथा सदस्य, मार्क्सवादी एकता अभियान
  • नीमकान्त पाण्डे – अधिवक्ता तथा सम्पादक, जनधारणा साप्ताहिक
  • डम्बर विक्रम कार्की – उपमहासचिव, जनसमाजवादी पार्टी, नेपाल
  • बलदेव भट्ट – पिपुल अफ नेपाल
  • मित्रलाल पार्दे – पानी अभियानकर्ता, हाल बेल्जियम
  • आर.एल.श्रमजीवी – सम्पादक काभ्रे टाइम्स, हाल बेल्जियम
  • आर. वी. खड्का – प्रवासी नेपाली संघ, हाल भारत
  • शिव अधिकारी – पूर्व शाखा प्रमुख, एडीबीएल
  • श्रीधर अधिकारी – प्राध्यापक, वाल्मीकि विद्यापीठ
  • मातृका पोखरेल – साहित्यकार एवम् पूर्व अध्यक्ष प्रगतिशील लेखक संघ, नेपाल
  • वासुदेव सिग्देल – कानूनविद तथा मानव अधिकारकर्मी
  • गोबिन्दचन्द्र सुवेदी – अध्यक्ष पूर्व कर्मचारी समाज,नेनाउप्रा
  • विमल अधिकारी – संयोजक, नेकपा (माओवादी)
  • धन बहादुर डाँगी – महासचिव, अखिल भारत प्रबासी नेपाली संघ
  • साहस न्यौपाने – सञ्चारकर्मी
  • मुकुन्द आचार्य – स्वतन्त्र वामपन्थी
  • ठाकुर देवकोटा – कृषि तथा वातावरणविद
  • उदय गोर्खाली – राजनैतिक अभियन्ता
  • डा. रविन्द्र घिमिरे – पोखरा विश्वविद्यालय
  • नारायण अर्याल – पत्रकार, संसार न्युज
  • चन्दा थापा – अध्यक्ष, सोलिडारीटि ट्रष्ट नेपाल
  • प्रमोद गुरुङ – वामपन्थी बुद्धिजीवी
  • नाम्गेल मोक्तान – राजनैतिक अभियान्ता
  • नविन सापकोटा – सदस्य, कर्णाली बचाउ अभियान
  • डा. अर्जुन तिवारी – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
  • जनार्दन वावु कट्टेल – लोकपाटी अनलाइन
  • डा. महेन्द्र बुढाथोकी – त्रिविवि
  • केशव रिजाल – केन्द्रीय सल्लाहकार, जसपा
  • किशन शर्मा – अध्यक्ष, सीमा तथा जल सरोकार समाज नेपाल
  • रविन्द्र जयसवाल – सचिव, सीमा तथा जल सरोकार समाज नेपाल
  • ज्योति अधिकारी – अध्यक्ष, राष्ट्रिय पर्यटन व्यवसायी संघ
  • बाबुराजा महर्जन – गैरआवासीय नेपाली अभियान्ता
  • लोक प्रसाद भुर्तेल – राजनैतिक अभियन्ता

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार