महामन्त्री सिंहद्वारा राजमो अध्यक्ष केसीको स्वास्थ्य लाभको कामना

काठमाडौं । नेपाल कम्युनिष्ठ पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

बिहिबार महामन्त्री सिंहले एक विज्ञप्ति प्रकाशित गरी अध्यक्ष केसीको स्वास्थ्य अवस्थाप्रति चिन्ता प्रकट गर्नुभएको छ ।

वृद्ध अवस्थामा पुग्नुभएका केसीलाई लामो समयदेखि पेटको रोग, निमोनिया, केही दिन यताको डायरिया तथा कोरोना संक्रमणलगायतका कारण अवस्था चिन्ताजनक बन्न पुगेको सिंहले बताउनुभएको छ ।

वक्तव्यमा भनिएको छ,

‘राष्ट्रिय जनमोर्चाका अध्यक्ष कामरेड चित्रबहादुर के.सी.को स्वास्थ्यप्रति ने.क.पा.(मसाल)ले गम्भीर चिन्ता प्रकट गर्दछ ।

का. के.सी अहिले पाटनको मेडिसिटी हस्पिटलमा उपचाररत हुनुहुन्छ । उहाँलाई कोरोना भाइरसको पोजिटिभ देखिएको छ । त्यो सामान्य कुरा हो तर उहाँ लामो समयदेखि पेटको दीर्घरोगी हुनुहुन्छ । त्यसले गर्दा उहाँ धेरै कमजोर हुनुभएको छ । अहिले निमोनिया र लामो कैयौँ दिनदेखिको डाइरिया तथा वृद्धा अवस्थाको कारणले पनि उहाँको स्वास्थ्य चिन्ताजनक बन्न पुगेको छ ।

अन्तमा हामीले उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार