महिला केन्द्रीय विभागकी सदस्य भारती परियार शोकमा

बेंगलोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समिति अन्तर्गत रहेको महिला केन्द्रीय विभागकी सदस्य तथा दक्षिण भारत क्षेत्रीय सदस्य शोकमा पर्नु भएको छ । पति धनराज परियारको दुःखद निधनले भारती परियार शोकमा पर्नु भएको हो ।

जनवादी कलाकार श्रीमती भारती परियारका श्रीमान धनराज परियारको शनिबार १२ सितम्बर २०२० का दिन बिहान ४ः३० बजे हृदयघातका कारण असहज स्थिति पैदा भए पछि रमैया मेडिकल कलेज एवं हस्पिटलमा लगिएको थियो । तर दुर्भाग्यनै भन्नु पर्छ चेकजाँच पछि निज धनराज परिवारलाई मृत घोषणा गरेको थियो ।

धनराज परियार भिमदत्त नगरपालिका वाड नं ५ मधुबन निवासी हुनुहुन्छ । वहाँहरु हाल भूवनेस्स्वरी नगर, बेंगलोरमा कार्यरत एवं स–परिवार बेंगलोरमा रहँदै आउनु भएको थियो । मूल प्रवाह बेंगलोर उत्तर नगर समिति अन्तर्गतका सदस्य समेत रहनुभएका धनराज परियारको दुःखद निधनले दक्षिण भारत क्षेत्रीय समितिले दुःख महशुस गरेको क्षेत्रीय अध्यक्ष महेन्द्र बस्यालले बताउनु भएको छ ।

केन्द्रीय सदस्य मदन भण्डारीले बेंलोरबाट दिएको जानकारी अनुसार प्रशासनिक तथा मेडिकल प्रक्रिया पूरा गरे पछि सोही दिन करिव ४ बजे निज धनराज परियारको हिन्दु धर्म संस्कार अनुसार बेंगलोरको हेब्बलमा अबस्थित संसानघाटमा दाहसंस्कार गरिएको छ । धनराज परियारको सम्मानमा एक मिनेट मौनधारण पश्चात केन्द्रीय सदस्य मदन भण्डारीले शोक मन्तव्य राख्नुभएको थियो ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय उपाध्यक्ष एवं बेंगलोर उत्तर नगर अध्यक्ष मदन भन्ण्डारी, क्षेत्रीय सदस्य देव बहादुर केसी, करन दयाल, क्षेत्रीय प्रतिनिधि बिबि थाप, धर्मराम विक, बेंगलोर उत्तर नगर सदस्य धर्म पहरी, सदस्य चन्द्र थापा, दिलीप बिक, कृष्ण परियार, नगर सदस्य दुरा पहरी, तिलक केसी, करन ओली, सिता कुंवर, विद्यार्थी सन्तोष पहरी, प्रकाश दयाल, सन्तोष विक, महिला विभागकी सरास्वती केसी, शान्ती परिवार, सदस्य गनेश परियार, निरमला दाहाल, मिना गुरूङ, कुमार गुरूङ, दशरथ बिक लगायत आफन्तजन, कम्पनी स्टाफहरु लगायतको धनराज परियारको दाहसंस्कारमा उपस्थित थियो ।

नेपालबाट सांसद तथा राजमो उपाध्यक्ष दुर्गा पौडेल, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसी, केन्द्रीय सल्लाहकार धनवीर पुन, मूल प्रवाह केन्द्रीय उपाध्यक्ष देव बहादुर लामिछाने, क्षेत्रीय अध्यक्ष महेन्द्र बस्याल, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सदस्य हाल अमेरिका निवासी दिपक परियार, मूल प्रवाहका पूर्व क्षेत्रीय सदस्य उमानन्द आचार्य र प्रवासी नेपाली संघ भारतका केन्द्रीय सदस्य रामचन्द्र भण्डारी लगायतले टेलीफोन मार्फत शोक तथा दुःख प्रकट गर्नु भएको थियो ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिले मृतकप्रति भावपूर्ण श्रद्धान्जली तथा शोकाकूल परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार