महिला दिवस

खिमराज चालिसे– चंडिगढ

श्रमिक महिला दिवस को हार्दिक शुभकामना ।
एक सौ एघारौं महिला दिवसको शुभकामना ।।
आधा जनसंख्या लाइ हाम्रो हार्दिक शुभकामना ।
समाज परिवर्तनका विचारले शुभकामना।।

लालसलाम छ क्लारा जेटकिनको हिम्मतलाई ।
लालसलाम दोश्रो अन्तराष्ट्रीयको निर्णयलाई।‌।
क्लारा जेट्कीन समाज परिवर्तनकी नेता हुन् ।।
सर्वहारा वर्गिय दृष्टिकोणकी सम्वाहक हुन् ।

जर्मनीमा जन्मेर पेरिस नै कर्मभूमि बनायौ ।
जहा सन्तान हुर्काउदै क्रान्तिको त्यो बाटो बनायौ ।।
अनि रुसी कम्युनिष्ट पार्टीलाई आदर्श बनायौ ।
रुसी आक्टोवर क्रान्ती लाइ पथ प्रदर्शक बनायौ ।।

रोजा र एलेक्जेंड्रा को महत्व पनि कम होइन ।
महिला संघर्ष को उच्च इतिहास कम होइन ।।
अवसरवादी विरुद्ध नारी शसक्त उर्जा बन्दै ।
नारीको विजय पथमा लम्के अजय शक्ती बन्दै ।।

तिम्रो अद्धितीय हिम्मत नारी जातीलाइ उर्जा हो ।
तिम्रो समाजवादी चिन्तन स्वणिम पदचाप हो ।।
तिम्रो अद्बभूत कार्य महिला मुक्तीको नै बाटो हो ।
सामाजिक संरचना विरुद्ध मिलको पथ्थर हो ।।

महिला मुक्ती आन्दोलनका सिपाहीलाई सलाम ।
सासन फेर्ने महान लक्ष्यका नेतृलाइ सलाम ।।
संरचना विरुद्ध हुंकार भर्दैसँगै आउ तिमी ।
टाउकाले टेकेको व्यवस्था भत्काउन आउ तिमी ।।

महिला दिवस मा आउ सबैले यहि प्रण गरौं ।
राष्ट्रियता गणतन्त्र बचाउ सबैले प्रण गरौं ।।
महंगी भष्ट्राचार बिरुद्ध मोर्चा बन्दी गरौं अब ।
नभमा नारी शक्तीको किल्ला सुदृढ बनाऔ अब ।।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार