माओवादी केन्द्रद्वारा ४ प्रदेश सांसदलाई कारबाही

काठमाडौं। नेकपा माओवादी केन्द्रले एमाले प्रवेश गर्नुभएका चार प्रदेश सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

माओवादी केन्द्रले प्रदेश १ का टंक आङबुहाङ, लुम्बिनी प्रदेशका दधिराम न्यौपाने र दिनेश पन्थी तथा कर्णालीका धर्मराज रेग्मीलाई प्रदेश सभा सदस्यबाट हटाउने प्रक्रिया सुरु गरेको हो ।

माओवादी प्रदेश १ संसदीय दलका नेता आङबुहाङ एमाले प्रवेश गरेसँगै आर्थिक मामिला तथा योजना मन्त्री भइसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार