अहिले छिमेकी मुलुकसँग खिंचातानि चलेको बेला छिमेकि मिडियाहरुको रुवाबासीले उब्जाएको प्रश्न हो, “मित्रता कसले निर्वाह गर्यो ?” नेपाल र भारत बीच सदियौँदेखि सबै भन्दा बढी मित्रता र घनिष्ट सम्बन्ध रहँदै आएको छ । दुबै देशका जनताका अटुट सम्बन्ध रहि आएको बारे कतै दुईमत छैन । त्यसैत नेपालको सम्बन्द चीन लगायतका सबै छिमेकि देशसँग राम्रो छ तर पनि हाम्रो रहनसहन साँस्कृती, भेषभुषा आदिमा भारतसँग मेल खान्छ । पहिलो, नेपालमा एक मात्र हिन्दु धर्म लादिएकोले पनि यहाँका मान्छेहरुले आफुलाई हिन्दु सम्झिन्छन् । दोश्रो, “भारत छोडो आन्दोलन” लाई नेपाली जनताको समर्थनले पनि नेपाली जनता र भारतीय जनता बीचको मित्रता ऐतिहासिक र अटुट छ ।
सन १९४२ मा भारतमा भएको अंग्रेज बिरोधी “भारत छोडो” आन्दोलनका नेताहरु अंग्रेजको दमनबाट जोगिन नेपाल पसेका मध्य राम मनोहर लोहिया, जयप्रकाश नारायण लगायतलाई नेपालको तत्कालिन राणाको सरकारले गिरफ्तार गर्यो । उनीहरुलाई जनताले आफ्नो ज्यानको प्रवाह नगरि हनुमान नगरको जेल तोडेर मुक्त गराएका थिए । यसले के देखाउँछ भने जनताका बीचको घनिष्ट सम्बन्ध रहेकोलाई नै पुष्टी गर्दछ ।
राणाहरुले जयप्रकाशलाई आफ्नै घरमा राखेको आरोपमा कृष्णप्रसाद कोईरालालाई गिरफ्तार गरेर काठमाडौं ल्याए, उनको जेलभित्र नै मृत्यु भएको थियो । राणाहरुले २०० जना नागरिकहरुलाई यहि अभियोगमा मुद्धा लगाएको थियो । समय–समयमा सत्तासिन शासकहरुले दुबै देशका जनतालाई लडाउँने कोशिस गरे पनि दुबै देशका जनताहरु बीच अघात मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको कुरा कसैसँग लुकेको छैन ।
भारतमा सन १९४७ भन्दा पहिलेका जनतालाई अँग्रेजको त्यो दमनबाट जोगाउँनमा नेपाली जनताहरुको ठुलो योगदान थियो । यध्यपि राणा सरकारको अँग्रेजहरुसँग गहिरो सांठगांठ रहेको थियो । जसले गर्दा नेपाली जनताहरुलाई दुई प्रकारको दमनको सामना गर्नु परेको थियो । भारतीय जनताको साथ दिंदा बृटिस भारत र जाहानीयाँ राणाहरुको दमन झेल्नु पर्ने बाध्यता थियो । तर पनि नेपाली जनताले भारतीय स्वधिनताका लागि पुरै सह्योग गरेका थिए, जो राणाहरुको जेलमा महिनौं सडेका पनि थिए ।
आजादी पछि बिस्तारै दक्षिणका शासकहरुको ब्यबहारमा अहंकार झल्किन थाल्यो । नेपाललाई सार्वभौम सम्पन्न राष्ट्रको रुपमा भन्दा आफ्नो अधिनस्त एउटा गरिब मुलुक संझिन थाल्यो । बिभिन्न बहानामा नेपाललाई आफ्नो दबावमा राख्ने नियतीले अगाडि बढ्यो । उसले तमाम छिमेकिहरुलाई छिमेकिको रुपमा भन्दा पनि आफु समुन्द्रको मगरमच्छ र बाँकि माछाहरुको रुपमा बुझ्यो । नेपालसँग पहिलो पटक कोदारी राजमार्गलाई लिएर बिस २०२७ सालमा उसले आर्थिक नाका बन्दि लगाएको थियो । यो अन्तर्राष्ट्रिय नियमको खिलाफ मात्रै थिएन । स्वयं विस १९८० पौषमा नेपाल र अँग्रेज बीचको एउटा शान्ति तथा मैत्री सन्धिको पनि खिलाफ थियो । यो सन्धिमा नेपाल अँग्रेज मैत्रिको अतिरिक्त नेपालले बिदेशबाट हात हथियार खरिद गर्ने, नेपालले बिदेशबाट लिएका सरसमानको लागि भारतीय बन्दरगाहमा भन्सार शुल्क नलाग्ने जस्ता प्राबधान राखिएका थिए । भन्निछ यहि संधिबाट नेपाल र अँग्रेजहरुको बीचमा समानताको सम्बन्ध कायम भयो र नेपालले सार्वभौमिकताको मान्यता पाएको थियो ।
विस २०४५ मा नेपाली जनताले राजतन्त्रको बिरुद्धमा चलाएको आन्दोलनलाई सम्भावित दबाउँने उदेश्यले तत्कालिन राजाले चीनबाट हात हथियार खरिद गरेपछि दक्षिणले त्यो बेला पनि करिब १३ महिना आर्थिक नाकाबन्दी लगाएको थियो । दक्षिणका शासकहरुले नेपाललाई हेर्ने दृष्टिको बारेमा राजा बिरेन्द्रलाई भनक भैसकेको थियो । त्यसैले उनले नेपाललाई आफ्नो राज्य भिषेक कै दिन २०३१ फागुन १२ गते देशलाई शान्ति क्षेत्र घोषणा गर्ने प्रस्ताब राखे थिए तर उक्त प्रस्ताव समेतलाई दक्षिणले अस्वीकार गरेको थियो । उनले पछि देशमा चलेको राजतन्त्र बिरुद्धको आन्दोलनलाई दवाउन दक्षिण कै सैनिक मद्दत पनि मागेका होइनन् । बरु दक्षिणका शासकहरुको नेपालमा भइरहेको आन्दोलनप्रति लगातार चासो राखे र स्वयं नेपालमा पनि गई नारी छाम्नेसम्मको काम पनि नगरेका होइनन् ।
नेपाल साँचै भन्नु पर्दा ईमान्दारी र छिमिकिसँगको बफादारी कै कारणले कंगाल भएको हो । देशलाई छिमेकीको मण्डि बनाउने र छिमेकमा आफ्ना युवाशक्ति पठाएर त्यहाँको बिकाशमा लगाउँनाले देशको बिकास तीर कसैको ध्यान नै गएन । त्यसमा १८१५ को गोर्खा भर्ति पनि जिम्मेवार छ । दक्षिणको फौजमा भर्ति भएर दक्षिण कै लागि लड्ने र मर्ने गरे । कहिले उनीहरु मलायामा, बर्मामा मरे, कहिले फोक्लेण्डमा, कहिले लद्दाखमा मरे । यसरी छिमेकि कै लागि इमान्दारी र बफादार भएर आफ्नो प्राणको आहुती दिनुका साथै रक्षा गरे । जसका लागि नेपाली जनताले अन्धभक्त भएर ठुलो दाई सम्झेर सेवा गरे ।
अहिले आफ्नै जमिनलाई नक्सामा राख्दा छिमेकमा हाहाकार मचिएको मात्रै छैन । सरकार भित्रै पक्ष बिपक्षमा विभाजन भएको छ र सरकार अपदस्तको संघारमा छ । दक्षिणको छिमेकिले नेपालमा आफ्नो कटपुत्ली सरकार चाहान्छ । जो उसको ईसारामा चुपचाप नाचिरहोस । जसको माध्यमबाट बिस्तारै उसले भनेझैँ हिमालयसम्म आफ्नो सीमा विस्तार होस् । जस्तै सिक्किमलाई आफ्नो अधिनस्त ल्याउँन सफल भयो । छिमेकीले कुनै पनि जनताका बीचमा प्रभावशाली नेता जन्मिन्छ, त्यसलाई आफ्नो मुट्ठिमा पारेर देशमा आफ्नो दाउँ खेल्दै आएको छ । अहिलेसम्म छिमेकीसँग गरेका कुनै पनि संधि–सम्झौतामा नेपालको हितमा छैनन् । अहिले आएर त झन नेपाललाई, चीन र पाकिस्तानसँग नै तुलना गरिएको छ, त्यसरी समिक्षा तथा मुल्याङकन गर्नु कतै सहि छैन ।
अनि “रोटी र बेटीको साईनो” भन्दै मित्रताको दुहाई दिइन्छ तर मित्रताको के हो ? त्यस बारेमा अनभिज्ञता देखिन्छ वा मित्रता निर्वाह गर्न नै चहाँदैनन् । अहिले देशले कालापानीलाई नक्साभित्र राखेपछि हिंजोसम्म एकमत देखिएको सरकार आज दुई टुक्रा पर्दैछ । देशलाई जोगाउन कै लागि पनि अहिलेको सरकारको बीच एकजुट्ता हुनु आबस्याक छ । ओलीको राजिनामाले उनीहरु बीचको पार्टी एकतालाई बचाएता पनि देशलाई दुर्गतीमा ढेकल्ने छ । नेपाल– भारत दुबै देशका सरकारहरु बीच जस्तोसुकै विवाद तथा राजनीतिक दाउपेज भए पनि अहिलेसम्म दुबै देशका जनताका बीचमा भएको एकजुट्ता र मित्रता कायम छ, कायम नै रहनेछ ।
६ जुलाई २०२०,