मुक्तकहरु

सुरेशकुमार पाण्डे

(१)
उनि झुक्न नमाने पछि त फर्मान आयो,
आफ्नो भुमी तानेपछि त फर्मान आयो ।
कटपुत्लि राख्ने धेरै प्रयाशरत छ छिमेकी,
भने जस्तै नछाने पछि त फर्मान आयो।
(२)
मित्रताको साईनो लगाएर मात्रै कहाँ हुन्छ,
मगरमच्छ कै आँशु बगाएर मात्रै कहाँ हुन्छ ।
संधी र सम्झौता गर्दा होस् पुराउ सरकार,
संधै देश र जनतालाई ठगाएर कहाँ हुन्छ ।
(३)
जनतासँग नङ्ग र मासु बनेर देखाउँ अब,
सदनमा चोखो देशभक्त गनेर देखाउ अब ।
साम्राज्यावादको चल्दैन एकढिका भएसी,
भ्रष्टचारी जराहरुलाई खनेर देखाउ अब ।
(४)
यो बेलामा कोई खुट्टा तानातान नगर संसदमा,
आरोप प्रतिआरोपले हानाहान नगर संसदमा ।
कसैलाई कलो नै खाने मन भए उतै गएर बस है,
बिदेशको दाम्लाले नै बानाबान नगर संसदमा ।
(५)
उखान र टुक्का धेरै नहाल यस्तो बेलामा तिमि,
रौँका बोक्रा केलाउन नथाल यस्तो बेलामा तिमि ।
बोल्दा सोंचेर बोल यो तरल परिस्थिति भित्रमा,
जे भए नि सरकार नफाल यस्तो बेलामा तिमि ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार