मुक्तक : भुल हुन सक्छ

धनप्रसाद पुन ‘दीपशिखा’

१–
धनको पछि रातदिन किन लाग्छ मान्छे
अप्ठ्यारो पर्दा टाढा किन भाग्छ मान्छे
जता हे¥यो उतैतिर अस्तव्यस्त देखिन्छ
समस्याको हल गर्न कहिले जाग्छ मान्छे

२–
कस्तो विडम्बना अर्काको देशको सीमारक्षा गर्नुपर्ने
नेपाली सन्तानले विश्वभर शान्तिको सन्देश छर्नुपर्ने
खुकुरीको धारमा हिँड्ने चलन कहिले होला अन्त्य
आज पनि नेपाली युवा लडाइँ लड्दालड्दै मर्नुपर्ने

३–
बगैँचामा सुगन्ध छर्ने वस्तु फूल हुन सक्छ
बोलेका शब्दहरू कसैलाई शूल हुन सक्छ
अरुको मात्र कमजोरी खोज्ने प्रयास नगर
मान्छे हो जान अनजानमा भुल हुन सक्छ

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार