मुक्तशहर मा मूलप्रवाह को नगर संगठन समिति पुनर्गठन ।

खिमराज चालिसे

चंडिगढ। २६ नोवेम्वर २०२१ मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रिय समिती अन्तर्गत पंजावको मुक्तशहरमा मूल प्रवाहको नगर समिति पुनर्गठन भएको छ। माधव एमसी र लिलु खडकाको पहलमा आयोजना आयोजित भेलामा केन्द्रीय सदस्य कृष्ण जिसी क्षेत्रीय समिति सदस्य गिरूप्रसाद न्यौपानेको विषेश उपस्थिती रहेको थियो । भेलामा केन्द्रीय सदस्य कृष्ण जीसीले भारत स्थित नेपालीहरुको अभिभावक संगठन मूलप्रवाहको संगठनको आवश्यकता, गौरवमय इतिहास एंव कार्यकर्ताहरुको दायीत्व, लगाएतका विषयहरुमा प्रकास पार्नु भएको थियो । क्षेत्रीय सदस्य गिरु प्रसाद न्यौपानेलेे संगठन समितीको नामावली घोषणा गर्नुभएको थियो।

भेलाले माधव एमसीको अध्यक्षतामा ११ सदस्यिय नगर संगठन समिति पुर्नगठन गठन गरेको छ । जस्मा उपाध्याय नरेंद्र बिसी, सचिब रिता एमसी, सहसचिव राजु एमसी, कोषाध्यक्ष राजु बिसी र सदस्यहरुमा बिरु बिसी, उमा बिसी, देबेन्द्र थापा, कल्पना बिसी, संगित आले , कल्पना आले, सुरज परियार, देबेन्द्र थापा मगर हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार