मुम्बई बान्द्रामा मूल प्रवाहको नगर समिति निर्माण

मुम्बई, ५ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिम भारत क्षेत्रीय समिति अन्तरगत मुम्बई महानगरको बान्द्रामा नगर समिति निर्माण गरिएको छ । केन्द्रिय सदस्य तथा क्षेत्रीय उपाध्यक्ष टंक कुँवरको पहल एवं महासचिव ठाकुर खनाल र केन्द्रीय सदस्य गोविन्द बहादुर थापाको विषेश उपस्थितमा नगर भेलाले सो नगर समिति निर्माण गरेको हो ।

भेलामा महासचिव ठाकुर खनालले मूल प्रवाहको लक्ष्य र उद्देश्य संगठनको विधान पद्धतिबारे प्रकाश पार्नु भएको थियो । उक्त भेलाले हुम बहादुर दमाईको अध्यक्षतामा १७ सदस्यीय बान्द्रा नगर समिति निर्माण गरिएको छ ।

जस्मा : उपाध्यक्ष– रामु थापा, सचिव– राजु पाण्डे, सहसचिव– राजु थापा, कोषाध्यक्ष– केशर बहादुर आले, सदस्यमाः मुक्त बहादुर विक, कमल विक, केशव परियार, प्रेम बस्याल, शिव सुनार, नारायण भण्डारी, करण खड्का, रमेश पौडेल, सुरेन्द्र थापा, डिलाराम र उपाध्याय हुनुहुन्छ ।
नवगठित समितिलाई गोविन्द बहादुर थापा र टंक कुवरले शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार