मूल प्रवाहका ऐक्यवद्धता कार्यक्रम नगरस्तरमा जारी छन्

खिमराज चालिसे,

चंडिगढ, २३ डिसेम्बर । “जबजब देशमा निरंकुशता, प्रतिगमन, तथा राष्ट्रियता जनतन्त्र र जनजीवीकाको सवालमा विभिन्न प्रकारका संकटहरु आए तबतब भारतस्थित नेपालीहरुको अभिभावक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा नेपाली जनताको आन्दोलनलाई सहयोग गरिरहेको छ । १२ मई १९८६ देखि अहिलेसम्म कैयन आन्दोलनहरुले त्यो कुरा प्रमाणित गरिरहेको छ”

उक्त कुरा मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिद्धारा संचालित रोपड नगर समितिको आयोजनामा सम्पन्न “गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं संघीयता र भष्टाचारको विरुद्ध संघर्ष गरौं“ मूल नारा सहित देशव्यापी रुपमा राजमोले सञ्चालन गरेको आन्दोलनमा ऐक्यवद्धता कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष कपिल खनालले वताउनु भएको हो ।

ओली सरकारको अप्रजातान्त्रिक र असम्वैधानिक कदमको जोडदार विरोध गर्दै गणतंत्र राष्ट्रियता, धर्म निरपेक्षता र संघीयता लगाएतका समसामयिक विषयहरुमा वोल्दै आफुहरु देश वचाउने आन्दोलनमा जती बेला पनि स्वदेश फर्केर जानसक्ने चेतावनी दिंदै बोल्ने वक्ताहरुमा मूल प्रवाह केन्द्रीय सदस्य एंव क्षेत्रीय अध्यक्ष प्रेम सापकोटा, क्षेत्रीय जनजाति विभाग का बील बहादुर गुरुङ, मूलप्रवाह क्षेत्रीय सदस्य शिवलाल लामीछाने, महिला क्षेत्रीय विभागकी खगी थापा, राजमो नवलपुरकी सोभा सापकोटा, रक्तिम विभागका मनकाजी गुरूङ, मूल प्रवाहको नगरका सोभाराम सापकोटा, महिला नगर विभागकी लक्ष्मी गुरुङ लगायत हुनुहुन्थ्यो ।

कार्यक्रम छविलाल सापकोटाको अध्यक्षतामा तथा मदन थापाको सञ्चालनमा सम्पन्न भएको थियो । उपस्थित सवैलाई ओमप्रकास सापकोटाले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार