मूल प्रवाहका केन्द्रीय सदस्य आचार्यलाई विदाई

तिलक राना,

हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य तथा मध्य दक्षिण क्षेत्रीय समितिका पूर्व अध्यक्ष राम प्रसाद आचार्यलाई क्षेत्रीय समितिले एक वृहत कार्यक्रम बीच विदाई गरेको छ ।

आचार्य कार्यरत कम्पनीबाट अवकाश प्राप्त गरि स्थायी रुपमा स्वदेश फर्किनु भएकोले वहाँलाई विदाई गरिएको केन्द्रीय सचिव प्रेम पौडेलले हामीलाई जानकारी दिनु भएको छ ।

विदाई कार्यक्रम घनश्याम पौडेलको अध्यक्षता र खिम बहादुर विकको सञ्चालनबाट अगाडि बढेको थियो । कार्यक्रममा मूल प्रवाहका केन्द्रिय सचिव प्रेम पौडेल, केन्द्रिय प्रतिनिधि के रतन सिंह, क्षेत्रीय अध्यक्ष राम प्रसाद पौडेल, क्षेत्रीय सहसचिब भिम बहादुर थापा, पूर्व क्षेत्रीय अध्यक्ष प्रेम केसी क्षेत्रीय सदस्य किष्ण बहादुर थापा, दक्षिण नगर समितिबाट तुलसी आचार्यले लगायतले आतित्थ्यता गर्नुभएको थियो ।

मूल प्रवाह क्षेत्रीय समितिका अध्यक्ष राम प्रसाद पौडेलले फूलमालाद्वारा र केन्द्रीय सचिव प्रेम पौडेलले सल ओढाई विदाई गरिएको थियो ।

प्रमुख अतिथि प्रेम पौडेलले– आचार्यले आजसम्म संगठनलाई दिएको योगदानको सदैव उच्च सम्मान रहने र स्वदेशमा गएर पनि राष्ट्र र राष्ट्रियताको पक्षमा अगाडि बढ्न र शोषित पीडि़त उत्पीडि़त वर्गको निम्ति अग्रिम पंक्तिमा रही काम गर्नेमा आफूहरु विश्वस्त रहेको बताउनु भयो । साथै आचार्यको राजनीतिक भविष्य सफलताको शुभकमाना दिनुभएको थियो ।

रामप्रसाद आचार्यले आफू भारत प्रवासमा रहँदा प्राप्त गरेको अनुभवलाई स्वदेशमा गएर पनि व्यक्तिगत मूल्य र मान्यतालाई परित्याग गरी देश र जनताको पक्षमा संघर्षरत रहने प्रतिबद्धता प्रकट गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार