मूल प्रवाहका सदस्य पुरन विकप्रति हार्दिक श्रद्धाञ्जली

कोटी प्रसाद पोख्रेल,

चेन्नई, २३ मई । प्यूठान स्वर्गद्वारी नगरपालिका ७ तापा निवासी गन बहादुर सुनारको छोरा पुरन सुनरको कोभिड १९को कारण ३६ वर्षको अल्पायु उमेर मै निधन भएको छ । २३ भई २०२१ का दिन दिउँसो करिब ११ बजे उपचार कै कर्ममा चेन्नई स्थित ओमनदूर सरकारी अस्पतालमा निधन भएको हो ।

विकको निधनको खबर पाएपछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यकर्ता, समर्थक तथा शुभचिन्तकहरु अस्पतालमा पुगेका थिए । अस्पतालको आबस्यक प्रक्रिया पूरागरी आफन्तजन, संगठनका कार्यकर्ता समर्थक तथा शुभचिन्तकहरुको उपस्थितिमा नुगमवक्कम संशानघाटना अन्तिम संस्कार गरिएको छ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय सदस्य काशीराम शर्मा, क्षेत्रीय सदस्य तथा दक्षिण नगर अध्यक्ष लोकेन्द्र पौडेल, उत्तर नगर सदस्य गोपाल विक, पूर्व नगर सदस्य विष्णु बहादुर सुनार, पश्चिम नगर सदस्य नेत्र शर्मा लगायतका विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

स्मरण रहोस् उहाँलाई ९ मई २०२१ का दिन अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार