मूल प्रवाहको उत्तर भारत क्षेत्रीय भेला सम्पन्न

लक्ष्मी प्रसाद ज्ञवाली/लोक बहादुर गुरुङ

इलाहाबाद, २९ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज उत्तर भारत क्षेत्रीय समितिको पाचौं सम्मेलन पछिको प्रथम भेला कानपुरमा सम्पन्न भएको छ । केन्द्रीय समितिका सदस्य भीम बहादुर थापाको प्रमुख आतित्थ्यतामा सम्पन्न उक्त भेलाको अध्यक्षता रामप्रसाद वस्यालले र सञ्चालन धनवीर विकले गर्नुभएको थियो ।

ज्ञात अज्ञात शहिदहरुको संझनामा एकमिनेट मौनधारण पछि छविलाल बञ्जाडेले कार्यक्रममा सहभागिहरुलाई स्वागत मन्तव्यबाट स्वागत गर्नुभएको थियो ।

प्रमुख अतिथि भिम बहादुर थापाले दीप प्रज्वलित गरि भेलाको विधिवत उद्घाटन गर्नुभएको थियो । थापाले उद्घाटन मन्तव्यमा विभिन्न समयमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमाथि हमला हुँदै आएता पनि अनुशासित सम्पूर्ण कार्यकर्ताहरुले प्रतिवद्ध रुपमा सामना गरेर नै परास्त गर्दै आएको बताउनु भयो । थापाले संगठनमा यसपटक भएको हमलालाई पनि परास्त गरिछाड्ने बताउनु भएको थियो ।

साथै थापाले सम्पूर्ण स्तरका कार्यकर्ताहरुलाई फूटपरस्त तत्वहरुले फैलाएको भ्रममा नपर्न समेत निर्देशन गर्नुभएको थियो ।

त्यस्तै लोकबहादुर गुरुङ, किसन खड़का, महिला विभागकी हरी कला गुरुङले भेला सफलताको शुभकामना दिनुभएको थियो । क्षेत्रीय समिति अध्यक्ष रामप्रसाद बस्यालले संगठनात्मक रिपोर्ट पेश गर्नुभएको थियो ।

प्रमुख अतिथि भीम बहादुर थापाले नयाँ पैनल पेशगर्नु भएको  थियो, छलफल पछि पारित गरिएको थियो । नयाँ समितिको घोषणा पनि थापाले नै गर्नुभएको थियो ।

भेलाले राम प्रसाद बस्यालको अध्यक्षतामा ९ पूर्ण, तीन वैकल्पिक, ७ सल्लाहकार गरी १९ सदस्यीय उत्तर भारत क्षेत्रीय समिति चयन गरेको छ । जसमाः उपाध्यक्ष– खिम बहादुर केसी (कानपुर), सचिव– धनबीर विक (कानपुर), सहसचिव– लोक बहादुर गुरुङ (कानपुर), कोषाध्यक्ष– लक्ष्मी प्रसाद ज्ञवाली (इलाहाबाद) रहनुभएको छ । त्यस्तै सदस्यमाः बीरबहादुर जी.सी (कानपुर), राजु अधिकारी (इलाहाबाद), खगराज पौडेल (लखनऊ), किसन सिंह परियार (इलाहाबाद), वैकल्पिकसदस्यमाः छविलाल बंजाडे (कानपुर), गोपाल सुवेदी (लखनऊ) र गोमा थापा (इलाहाबाद) रहनुभएको छ । त्यस्तै भेलाले के.बी, गुरुङ (कानपुर), विकाश थापा (लखनऊ), प्रकाश थापा (झांसी), राम बहादुर गुरुङ (गोरखपुर), मीना थापा (गोरखपुर), शिब बहादुर विक (कानपुर) र टोप बहादुर पुन (लखनऊ)लाई सल्लाहकार चयन गरेको छ ।

नयाँ समितिलाई प्रमुख अतिथि भिम बहादुर थापाले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको  थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार