मूल प्रवाहको संगठन विस्तार अभियान व्यापक हुँदै

खिमराज चालिसे,

चण्डीगढ, ०५ अगस्त । संगठन विरोधी, अराजक तथा महत्वाकांक्षीहरुलाई परास्त गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यकर्ताहरु अगाडि बढिरहेका छन् । यस दौरानमा विभिन्न क्षेत्रीय समितिहरुको बैठक, नगर समितिहरुका बैठक, भेला, गठन, पुनर्गठन, एरिया समितिहरु गठन, पुनर्गठन, टोल भेला, गठन पुनर्गठन लगायतका कार्यक्रमहरु धमाधम सम्पन्न भइरहेका छन् ।

यस दौरानमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गतमा ७ वटा नयाँ शहरहरुमा नगर समिति निर्माण भएका छन् भने कैयौं नगरहरु अन्तर्गत एरिया समितिहरु निर्माण तथा पुनर्गठन गरिएका छन् । त्यस्तै सुदुर पश्चिमोत्तरमा विभिन्न नगरहरुमा बैठक, एरिया भेला, गठन, पुनर्गठन, टोल समितिहरु निर्माणका कार्यक्रमहरु अगाडि बढिरहका छन् ।

त्यस्तै विभिन्न स्थानमा सामाजिक कार्यमा पनि संगठनका नेता कार्यकर्ताहरु धमाधम जनताको सहयोगका लागि जुटिरहेका छन् । मर्दा, पर्दा लगायत विभिन्न समस्यामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सशक्त प्रकार अगाडि बढिरहेको छ ।

यसै दौरानमा ४ अगस्तका दिन हिसार नगर समितिद्धारा सञ्चालित सिटिएरिया बि अन्तर्गत हाउसिङ्ग बोर्ड कलोनीमा ११ सदस्यिय टोल समिति गठन गरिएको छ । केन्द्रीय सल्लाहकार तारा सोमरे र जनजाति नगर विभागका संयोजक केहर सिंह घर्ती मगरको विषेश उपस्थितिमा सो टोल समिति निर्माण गरिएको हो । भेलामा मूल प्रवाहको विधान तथा घोषणापत्र माथी व्यापक छलफल पश्चात श्रीमती दुर्गा मगरको अध्यक्षतामा ११ सदस्यीय टोल समिति गठन गरिएको छ । जस्मा ः सचिव– सीता सुवेदी, कोषाध्यक्ष– तिलक रास्कोटी, र सदस्यहरुमा क्रमशः अनिल मगर, दुर्गा बहादुर रास्कोटी, हिम ब. मगर, दुर्गा बहादुर, नारायण सुवेदी, सीता बलाल, मनिषा र एक स्थान रिक्त राखिएको छ ।

कार्यक्रम मन बहादुर घर्ती मगरको सञ्चालनमा तथा अनिल मगरको अध्यक्षतामा सप्पन्न भएको थियो । नयाँ समितिलाई केन्द्रीय सल्लाहकार तारा सोमारे र केयर सिंह घर्तिले वधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।

भारतमा केहि समय देखी कोरोना संक्रमणमा आएको कमी तथा भारत सरकारद्धारा दिइएका छुटहरुलाइ प्रयोग गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कैयन नगरहरुले संगठन लाइ व्यापक जनस्तरमा पुराउने उद्धेश्य साथ संगठन विकास विस्तारमा तिव्रता दिइरहेको सन्दर्भमा हिसार नगर समितिले बैठक, क्लास छलफल सहित संगठन विस्तार कार्यमा तिव्रता दिइरहेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार