मूल प्रवाहद्धारा यूवतीको उद्धार गरि आफन्तलाई हस्तान्तरण

खिमराज चालिसे

डेरावासी, १२ जुलाई । पंजाबको डेराबसीमा नेपालबाट भगाएर ल्याइएकी नेपाली यूवतीको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजद्धारा उद्धार गरि स्वदेशमा आफन्तहरुको रोहवरमा माइतिहरु तथा प्रसाशनलाई हस्तान्तरण गरिएको छ ।

कञ्चनपुर जिल्ला, शुक्लाफाटा नगरपालिका निवासी २९ वर्षिय युवती (नाम गोप्य राखिएको छ)लाई दान बहादुर विष्ट वर्ष ४४ (बलदेव विष्टको कान्छो छोरा)ले असार २० गते नेपालबाट भगाएर भारतको डेराबसीमा ल्याएको र उक्त व्यक्तिले यसभन्दा पहिला पनि अन्य यूवतीहरु ल्याएको आरोपको आधारमा विषयको गम्भीरतालाई ध्यान दिदै मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खडका, केन्द्रीय सल्लाहकार तिलक पौडेल र नेपाली समाचारका संयोजक तथा युगदर्शन सम्वाददाता खिमराज चालिसेको विषेश सक्रियतामा तत्काल डेराबसी कुडावाला गाउँमा पुगी दुवैलाई आफ्नो कब्जामा लिएर यूवतीका आफन्तहरुसँग सम्पर्क गरिएको थियो ।

यूवतीका आफन्तहरुले दान बहादुरको नेपाल प्रहरीमा उजुरी परिसकेको र प्रहरी खोजीकार्यमा रहेको हुँदा दुबै जनालाई नेपाल बाँर्डर गड्डा चौकी पठाइदिन आग्रह गरेपछी मदनराज, रामसिंह विष्ट र मोहन अधिकारीलाई जिम्मा लगाइ गड्डा चौकी पठाएको थियो । हिजो वहाँहरुले दुबैजनालाई नेपाल प्रहरी र उनका आफन्तहरुलाई हस्तान्तरण गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार