मूल प्रवाहद्वारा आगरामा दोश्रो चरणको राहात वितरण

आर.के. दत्ता/
आगरा । विश्व व्यापीरुप महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कहरले मानव समाजलाई आतंकित बनाईरहेको छ । दिन दुना, रात चौगुनाका दरले समस्याहरु बढिरहेका छन् । आगरामा विभिन्न रेडजोन र कन्टेनमेन्ट जोनहरू छन् । जसको सीधा प्रभाव विशेष गरेर होटल, रेस्टुरेन्ट, दैनिक वेतन भोगी र ट्रान्सपोर्ट कम्पनीहरुमा कार्य नेपाली श्रमिकहरुमा परेको छ ।

बेलनगञ्ज, जीवनी मण्डी र आसपासको क्षेत्रमा करिब चालिस जना नेपाली श्रमिकहरू बेखर्चीको हालतमा अल्पत्र परेको खबर प्राप्त हुनासाथ नगर अध्यक्ष मीट्ठू के.सी. लगायत नगर समितिका लाखन परियार, प्रताप पाण्डे, प्रकाश शर्मा, सत्येन्द्र डी.सी., दिननाथ थापा, रवि के.सी., राम बहादुर के.सी. लगायतका कार्यकर्ताहरुको पहलमा पिडितहरुको यथार्थ यथार्थ समस्याको मध्यनजर गरि समाधानको लागि राहात संकलन गरिएको थियो ।

मिठु केसी रु. २ हजार, लाखन परियार २ हजार, प्रकाश शर्मा १ हजार, प्रताप पाण्डे १ हजार, रवि केसी रु. १ हजार, मिठु पाण्डे १ हजार, मायँ देवी १ हजार, सत्यन्द्र दसौदी १ हजार र कालुराम उदालेबाट ५ सय रुपैयौं गरि कुल १० हजार ५०० राहात स्वरुप आर्थिक संकलन गरिएको थियो । त्यसका साथै प्रकाश शर्मा र सत्येन्द्र दसौदीद्वारा १/१ क्वींटल आलू सहयोग स्वरुप प्रदान गर्नु भएको थियो । उक्त रकमले आवश्यक राहत सामाग्रिहरु चावल, तेल, नून, तरकारी आदि १३ मई बुधबार बेलुका तत्काल वितरण गरिएको थियो ।

विगत महिनामा पनि आगराका विभिन्न क्षेत्रमा राहत सामाग्रिहरु वितरण गरेर मूल प्रवाह अखिल भारत नेपाली एकता समाज आगरा नगर समितिले जिल्ला वासीहरूलाई राहात प्रदान गरेको थियो । आगामी दिनहरूमा पनि अझ प्रभावशाली ढंगले आपातकालीन स्थितिमा जनसमुदायको समस्याहरूलाई निराकरण गर्ने लक्ष्य मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, नगर समिति, आगराको पहिलो प्राथमिकता रहने नगर अध्यक्ष मिठु केसीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार