मूल प्रवाहद्वारा आगरामा राहत वितरण

आगरा । यति वेला कोरोना संक्रमणबाट विश्व कहराई रहेको वेलामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजद्वारा भारत आगरा नगर समितिले आफ्नै पहलकदमीमा आगरास्थित नेपाली श्रमजिवीहरुलाई राहत वितरण गरेको छ ।

ढावा, रेस्टुरेन्ट, होस्टल, पिजी, कान्टीन जस्तै असंगठित क्षेत्रमा कार्यरत भएको हुँदा लकडाउनको अवधीमा ति बन्द भएकोले गास–बासको समस्यामा परेका साधन श्रोत विहीन नेपाली श्रमजीवीहरुलाई आगरा नगर समितिले सो रहात वितरण गरेको नगर अध्यक्ष मिठु केसीले हामीलाई जानकारी दिनुभएको छ ।

नगर समितिले केही राशन, आलु, तरकारी लगायतका खाद्यान्न वितरण गरेको छ । यस्तै आपत विपत परेकाहरुलाई मूल प्रवाहले विभिन्न स्तरबाट सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार