मूल प्रवाहद्वारा आर्थिक सहयोग

तिलक राना
हैदराबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य हैदराबाद नगर समितिद्धारा बे्रन ट्युमर मई मृत्यु भएका गोरखा निवासी हेमा मगरका परिवारलाई १३ हजार नगद आर्थिक सहयोग गरिएको छ ।

सिकन्दराबादस्थित (HP) ग्यास कम्पनीको डिलरमा कार्यरत तापुलुङ गाउँपालिका तेस्रे गोर्खा निवासी शेर बहादुर मगरकी छोरी हेमा मगर वर्ष २२ की ब्रेन ट्युमर भै लामो समयदेखि उपचारकै क्रममा अल्पआयुमै मृत्यु भएको थियो ।

निज शेर बहादुर मगरकी ममतामयी आमाको मृत्यु भै स्वदेश गएको समयमा छोरीको मृत्यु भएको र आर्थिक अवस्था अत्यन्तै दयनीय रहेकोले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य हैदराबाद नगर समिति अन्तरगत सिकन्दरावाद एरिया समितिको पहलमा भारु. १३ हजार सहयोग गरिएको हो ।

जसको नामवली यस प्रकार छ ।
१) वीर बहादुर रोका मार्फत रु. ५०००
२) शुभबिहानी टुर एन्ड ट्राभेल्स रु. २०००
३) विजय क्षेत्री रु. १०००
४) धन बहादुर शाही रु. १०००
५) तिलक राना रु. ५००
६) राजु दुलाल रु. ५००
७) विकास परियार रु. ५००
८) थम्मन बस्नेत रु. ५००
९) सोबिता पौडेल रु. ५००
१०) देवबहादुर केसी रु.५००
११) गङ्गा कडायत रु.५००
१२) भानु बिसी रु. ३००
१३) भुपाल परियार रु. २००

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार