मूल प्रवाहद्वारा करनालमा राहत वितरण

करनाल । अन्तर्राष्ट्रिय स्तरमा फैलिएको नोवेल कोरोना (कोभिड–१९) को महामारीले गर्दा सम्पूर्ण मानव जाति नै भय र त्रासको वातावरणमा छ । दैनिक रूपमा बढ्दो अवस्थामा रहेको संक्रमण एवं मृत्युदरले स्वास्थ्य सेवा एवं प्रशासनिक सेवा समेत धरमराइरहेको अवस्था छ ।

रोजगारीको लागि अनेकौं कष्ट सहेर भारतका विभिन्न शहरमा रेस्टुरेन्ट, ढावा (सडक होटल), पेइङ्ग गेस्ट किचन, क्यान्टीन आदिमा नोकरी गर्ने, मोमोज स्टल लाउने, रेडीमा शब्जि–तरकारी बिक्री गर्ने एवं चाय पसल गर्ने, विभिन्न पार्टी फङ्गसनहरूमा वेटर काम गर्ने नेपालीहरूको अवस्था फैक्टरी अफिसमा काम गर्नेहरूको भन्दा दयनीय छ । लकडाउनका कारणले उनीहरूमा भोकमारीको अवस्था श्रृजना भएको छ ।

यसै बीच मूल प्रवाह अखिल भारत नेपाली एकता समाज करनाल नगर समितिले अत्यन्तै दश विपन्न परिवारलाई राहत वितरण गरेको छ । पश्चिमोत्तर क्षेत्रीय समितिका उपाध्यक्ष विक्रमसिंह राणाको पहल तथा नगर अध्यक्ष राम बहादुर नेपाली, सदस्य टिकाराम विक र समाजसेवी टोप बहादुर भुसालको उपस्थितिमा सो राहत वितरण गरिएको हो ।

प्रति परिवारलाई दश किलो आटा, पाँच किलो चामल र एक किलो दाल गरि राहत वितरण गरिएको थियो ।

स्मरण रहोस् यस भन्दा पहिला पनि सोही नगर समितिको पहलमा ३० जना नेपाली श्रमजिवीहरुलाई स्थानीय प्रशासन मार्फत राहत प्रदान गरिएको थियो । हालसम्म पनि उनीहरुलाई स्थानीय प्रशासनको निगरानीमा राखिएको हामीलाई विक्रम सिंह राणाले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार