मूल प्रवाहद्वारा किन्नोरमा ३५ परिवारलाई राहत वितरण

किन्नोर, २६ अप्रेल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रिकङ पिओको पहलमा किन्नोर जिल्ला अन्तर्गत पियोमा ३५ घर परिवारलाई राहत वितरण गरिएको छ ।

स्मरण रहोस् मूल प्रवाहको पहल र स्थानीय प्रशासनको सहयोगमा पिओ र सांगलामा लगातार तीन दिन गरि ११४ घर परिवारलाई राशन व्यवस्थापन गरिएको हो । यसभन्दा पहिला पनि सो नगर समितिलको पहलमा ८७ नेपाली परिवारका करिब २३० जनालाई राशन व्यवस्थापन गरिएको थियो ।

मूल प्रवाह नगर समितिको पहल र स्थानीय प्रशासनको सहयोगमा शुक्रबार ३३, शनिबार ४५ र आज आईतबार ३५ घर परिवारलाई राहत स्वरुप राशन वितरण गरिएको हामीलाई राज्य समितिका मिथुन सिंहले जानकारी दिनुभएको छ ।

लकडाउनको कारणले किन्नोर जिल्ला अन्तर्गत विभिन्न स्थानहरुमा दैनिक ज्यालादारीका काम गर्ने मजदुरहरुलाई पर्न गएको समस्या समाधानका लागि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले हिमाचलका विभिन्न शहरहरुमा सक्रियता पूर्वक स्वपहल तथा स्थानीय प्रशासनको सहयोगमा राशन व्यवस्था गराउँदै आएको छ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको यो कार्यलाई स्थानीय प्रशासन र नेपाली श्रमिकहरुले सहराइरहेका छन् । त्यसका साथै श्रमजिवी नेपालीहरुले आफूहरुको पछाडि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रहेकाले शुरक्षित रहेको अनुभूति गरेको समेत बताएका छन् ।

मूल प्रवाहद्वारा हिमाचलमा नेपाली श्रमिकहरुलाई धमाधम राहत
मूल प्रवाहद्वारा हिमाचलको किन्नोरमा २३० बढि नेपालीलाई राशन व्यवस्थापन
मूल प्रवाहद्वारा नेपाली श्रमिकहरुलाई रेखदेख

http://nepaliekta.com/%E0%A4%AE%E0%A5%82%E0%A4%B2-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%B5%E0%A4%BE%E0%A4%B9%E0%A4%A6%E0%A5%8D%E0%A4%B5%E0%A4%BE%E0%A4%B0%E0%A4%BE-%E0%A4%B9%E0%A4%BF%E0%A4%AE%E0%A4%BE%E0%A4%9A%E0%A4%B2/

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार