मूल प्रवाहद्वारा किन्नोरमा २५ परिवारलाई राहात

किन्नोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रिकंग पियोका कार्यकर्ताहरु पुनम मल्ल, निर्मल र मिथुन सिंहको पहलमा २५ परिवारका ५८ जनालाई राहत प्रदान गरिएको छ ।

स्मरण रहोस् मूल प्रवाहको पहल र स्थानीय प्रशासनको सहयोगमा पिओ र सांगलामा यसभन्दा पहिला पनि २०१ घर परिवारलाई राशन व्यवस्थापन गरिएको थियो ।

हिंजो सोमबार मूल प्रवाह नगर समितिको पहल र स्थानीय प्रशासनको सहयोगमा २५ घर परिवारका ५८ जनालाई राहत स्वरुप राशन वितरण गरिएको हामीलाई राज्य समितिका मिथुन सिंहले जानकारी दिनुभएको छ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले लकडाउनको कारण उत्पन्न समस्यामा परेका दैनिक ज्यालादारीका काम गर्ने तथा असंगठित मजदुरहरुलाई हिमाचलका विभिन्न शहरहरुमा सक्रियता पूर्वक स्वपहल तथा स्थानीय प्रशासनको सहयोगमा राशन व्यवस्थापन गराउँदै आएको छ ।

हिमाचलस्थित नेपालीहरुमा पर्न गएको समस्या समाधानका लागि राज्य समितिका नेत्र गुरुङ, शोभाखर पन्थ, भूवन केसी, रामसिंह पल्ली, विरु श्रेष्ठ, मिथुन सिंह, साइला लामा, कनैह्या चौधरी, सिताराम बुढा लगायत सम्पूर्ण स्तरका नेता, कार्यकर्ताहरु तथा शुभचिन्तकहरुले सक्रियता पूर्वक भूमिका निर्वाह गर्दै आउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार