मूल प्रवाहद्वारा कोट्टयाममा उद्दार

कोट्टयाम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिले कोभिड–१९ का कारण २ महिनादेखि महंगो भाडा तिरेर गेष्ट हाउसमा अलपत्र परेका १३ जना नेपाली युवाहरुको उद्दार गरेको छ ।

नगर समितिका अध्यक्षलाई प्राप्त जानकारी लगत्तै नगर सचिव मनोज जिसीले सम्बन्धित ठाउँको अवलोकन गरि क्षेत्रीय सदस्य भद्र बहादुर श्रीष र मनोज जिसीको पहलमा सुलभ ठाँउमा बासस्थानको ब्यबस्था गरिएको छ ।

नवलपरासी, पाल्पा, प्युठान लगायतका उक्त युवाहरु केरलामा विभिन्न होटल, बेकरी आदिमा काम गर्दै आएको बेला लाकडाउन पुर्व नोकरी छोडी स्वदेश फर्कने योजनामा रेलवे स्टेशन पुग्दा रेल क्यानसल भएकोले अलपत्र परेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार