मूल प्रवाहद्वारा क्यान्सर पिडित वालकलाई सहयोग

चंडीगढ़, २५ डिसेम्बर । रोजी–रोटीको समस्याले विदेश पसेका लाखौंलाख नेपालीहरुको साझा संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले एकतर्फ प्रवासी नेपालीहरुमा पर्ने समसामयिक समस्या, शोषण दमन अन्याय अत्याचारको विरुद्ध संघर्ष गर्नको लागि प्रेरणा दिंदै प्रवासी नेपालीहरुलाई आप्mनो झण्डामुनी गोलवन्द गरी सामाजिक कार्य गर्न प्रेरित गरिरहन्छ भने अर्कोतर्फ हजारौं रोगी, अलपत्र तथा वेखर्चीको समस्याले ग्रत पिडीतहरुको पनि आर्थिक मद्धत तथा उद्धार गर्दै आइरहेको छ । यसै कारण यो संगठन प्रवासीनेपालीहरुको विचमा आंखाको नानि सरह लोकप्रिय पनि छ ।

यस्तै पिडितहरु मध्ये एक क्यान्सर रोगी १२ वार्षिक वालक संदिप खडकालाई मूल प्रवाह चंडिगढले रु १० हजार ने.रु. सहयोग गरेको छ । मूल प्रवाह चंडिगढका अध्यक्ष मान बहादुर केसीको नेतृत्वमा केन्द्रीय सल्लाहकार तिलक पौडेल, क्षेत्रीय सदस्य प्रेम आचार्य, नेपाली समाचारका खिमराज चालिसे, महिला क्षेत्रीय सचिव जुना चालिसे, नगर सहसचिव थानेश्वर पांडे, सदस्य थमन थापा, महिला नगरकी सरस्वता भुसाल र सदस्य राजेंद्र एमसी सहितको टोलीले पिडीतलाई भेटि सहयोग हस्तांतरण गरेको हो ।

गुल्मी मदाने गाउँपालीका ५ मलागिरी, खोप्चा निवासी कमल खड़का र कल्पना खड़काको जेठो छोरा सन्दिप खडका विगत ३ वर्षदेखी क्यान्सर पिडीत छन् । उनको शुरुको उपचार शेरपुर लुधियाना पंजाबस्थित मोहन्दोई क्यान्सर अस्पतालमा भइरहेको थियो तर त्यहाँ निको नभएकोले चंडीगढ़ पिजीआई रेफर गरिए पछि अक्टूबर २०१९ देखि चंडीगढ़ पिजीआईमा उपचार भइरहेको र हालसम्म एउटामात्र किमो चढाइसकेको जानकारी क्यान्सर पिडीतका बाबा कमल खड़काले वताएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार