मूल प्रवाहद्वारा क्यान्सर पिडितलाई सहयोग

कोट्याम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टायाम नगर समितिले क्यान्सर पिडित महिलालाईं आर्थिक सहयोग गरेको छ ।

बाग्लुंग जिल्ला जैमुनी नगर पालिका ८ छिस्ती निवासी जित बहादुर नेपाली सपरिवार रोजीरोटीको खोजिमा भारतको केरला राज्य को चेट्टीकुलंगरा मा सामान्य नोकरी पेशा गरी दैनिक जिविका चलाउँदै आएका थिए ।

जित बहादुर नेपालीकी धर्मपत्नी बर्ष २४ कि कबिता नेपालीलाई ट्युमर क्यान्सरको बिमारले ग्रस्त भएको र उपचारको लागि आर्थिक अवस्था न्युन रहेको जानकारी चेट्टीकुलंगरा एरिया समितिद्वारा नगर समितिमा जानकारी प्राप्त भएपछि आवश्यक छानबीन गरि पिडिताले दिएको निवेदनलाई नसले मुल्यांकन गरी नसका सबै एरिया टोललाई सर्कुलेशन गरेको थियो ।

सबै एरिया समिति टोल समितिले पहल गरि संकलन भारु ३५,४७८ (पैतालीस हजार चार सय आठहत्तर) नगर समितिले एक कार्यक्रम आयोजन गरी हस्तांतरण गरेको छ । नगर समितिका सचिव मनोज जिसीको सञ्चालनमा नगर समिति अध्यक्ष धर्मराज शर्माको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका उपाध्यक्ष कुल बहादुर थापा, मूल प्रवाहा केन्द्रीय सल्लाहकार चोबनाथ शर्मा र क्षेत्रीय सल्लाहकार भद्रबहादुर श्रीष, अतिथि ग्रहणमा सम्पन्न कार्यक्रम लाई चोबनाथ शर्मा र भद्र बा श्रीष ले मनतव्य दिनु भएको थियो। उपस्थित न स कार्यकर्ता, बिध्यार्थी सबैको मातहत मा कुल बा. थापा ले रकम हस्तांतरण गर्नु भयो।साथै पिडित बहिनी को शिघ्र स्वास्थ्य लाभ को कामना गर्दछौं ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार