मूल प्रवाहद्वारा चेन्नईमा राहात सामाग्री बितरण

चेन्नई, १० मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पश्चिम नगर समितिद्वारा मोगापेर ३ स्थान, अम्बातुर र हात्तीपेटमा कोरोना भाइरसको महामारी कारण लकडाउनमा परि बेरोजगार तथा अलपत्र परेका नेपाली श्रमजिवीहरूलाई राहत वितरण गरिएको छ ।

मोगापेर, वल्लीअम्माल चेन्नईमा रहँदै आएका बर्दघाट १६, केरावारी नवलपुर निवासी माधव केसी, सुरज परियार, गणेश परिवार, सुजन परियार, मधु परियार र सानो नानी गरी ६ जनालाई ४० केजी चामल, २ लिटर तेल, २ केजी दाल, सावन र मरमसला लगायतको खाद्यान्न राहत स्वरुप प्रदान गरिएको छ ।

मोगापेर चेन्नईमा रहँदै आएका जैमिनी नपा राङखानी निवासी विशाल सुनार, लाल बहादुर नेपाली, विवेक थापा, मौसम सुनार, छिस्ती निवासी दुर्गेश सुनार, करन सुनार र बुटल निवासी सुरेश राना मगर गरी ७ जनालाई वेरोजगार मजदूरहरूलाई २५ केजी चामल, २ केजि दाल, २ लिटर तेल, १ केजि नुन र मरमसला लगायतको खाद्यान्न राहत स्वरुप प्रदान गरिएको छ ।

मोगापेर चेन्नईमा पर्वत निवासी मनोज सुनारको ४ जना परिवारलाई २० केजी चामल, १ केजी दाल, १ लिटर तेल, १ केजी नुन र मरमसला राहत स्वरूप सहयोग गरिएको छ ।

हात्तीपेट चेन्नईमा रहँदै आएका दाखाक्वाडी प्युठान निवासी कमलेस परियारका ४ जना परिवारलाई २५ केजी चामल, २ लिटर तेल, २ केजी दाल र १ केजी नुन र मरमसला लगायतको खाद्यान्न राहत स्वरुप प्रदान गरिएको छ ।

अम्वातुर एस्टेटमा रहँदै आएका बाग्लुङ नगरपालिका तित्याङ निवासी राजु परियार ४ जना परवारलाई र नजिकै बस्ने स्थानीयलाई कोरोना संक्रमण भएपछि एरियानै शिल गरेको थियो । उनीहरू बाहीर निस्कन नपाइरहेका उनीहरुलाई २० केजी चामल, १ लिटर तेल, १ केजी दाल, १ केजी नुन र मरमसला लगायतको खाद्यान्न राहत स्वरुप प्रदान गरिएको छ ।

राहत वितरणको क्रममा कोन लिफ्ट कमंपनिका म्यानेजर तथा मूल प्रवाह सदस्य दिनेश थापाले रू. १००० नगद, त्यस्तै मूल प्रवाह चेन्नई पश्चिमका उपाध्यक्ष अर्जुन केसीले १५ केजी चामल संगठनलाई सहयोग प्रदान गर्नुभएको थियो ।

यसरी मूल प्रवाहले १३० केजी चामल, ८ केजी दाल, ८ लिटर तेल, र ५ केजी नुन, मरमसला र सावन सहित खाद्य सामग्रीहरू राहत स्वरूप बितरण गरेको छ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष महेन्द्र बस्याल, क्षेत्रीय सदस्य हेमराज रिजाल, केसमान नेपाली, अर्जुन केसी, नगर कोषाध्यक्ष बुद्धिराम पौडेल, नगर सदस्य पदम पौडेल, राजु अधिकारी, भीमबहादुर थापा, माया थापा र कल्पना थापाको उपस्थितमा राहत वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार