मूल प्रवाहद्वारा चेन्नईमा राहत वितरण

चेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई उत्तर नगर समितिले थाउजन लाइटसमा रहेका नेपाली श्रमिकहरुलाई राहात प्रदान गरेको छ । होटलमा काम गर्ने कोरोना भाइरस महामारीका कारण लगाइएको लकडाउनले गर्दा बन्द कम्पनीमा सरण लिइरहेका स्वदेश रोल्पाका श्रमिकहरु र प्युठान निवासी हाल चेन्नई गोपालपुरममा घरयासी काम गर्ने महिला बेरोजगार भै साथीको कोठामा सरण लिएर नुङगामवाक्कुममा बस्दै आएकी एकल महिलाको समस्या छानविन गरि राहत स्वरूप आवश्यक सहयोग पुराइएको छ ।

उक्त बिषयमा ९ मई २०२० का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज क्षेत्रीय सदस्य तथा चेन्नै उत्तर नगर अध्यक्ष उमानन्द आचार्यको उपस्थितिमा रोल्पाका मजदुरहरुलाई १९५० बराबरको खाद्यान्न व्यवस्थापन गरिएको छ, एकल महिलालाइ एक हजार रूपया राहत स्वरूप प्रधान गरिएको छ ।

राहतका लागि नगर सदस्य तेजेन्द्र थापा र नगर समितिको कोषबाट खर्च विनियोजन गरिएको थियो ।

यो पनि पढ्नु होस् :

http://nepaliekta.com/%E0%A4%AE%E0%A5%82%E0%A4%B2-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%B5%E0%A4%BE%E0%A4%B9%E0%A4%A6%E0%A5%8D%E0%A4%B5%E0%A4%BE%E0%A4%B0%E0%A4%BE-%E0%A5%A8%E0%A5%A7-%E0%A4%B9%E0%A4%9C%E0%A4%BE%E0%A4%B0/

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार