मूल प्रवाहद्वारा जयपुरमा ४१० केजी आटा, १८५ केजी चामल सहित खाद्यान्न वितरण

जयपुर । विश्व व्यापी फैलिएको कोरोना संक्रमण रोकथामको लागि गरिएको लकडाउनको कारणले भारत स्थित नेपालीहरु समस्यामा परेको बेला जनताको सुख दुःखमा सधैं जनताको साथ रहने भारतस्थित नेपालीहरुको अभिभावक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जयपुर दक्षिणले आफ्नो नगरमा दोस्रो चरणको राहत सामग्री वितरण गरेको छ ।

मूल प्रवाह जयपुर दक्षिणका अध्यक्ष रिम रानाले बताए अनुसार पहिलो चरणमा राहत वितरण गर्नबाट छुटेका ठाउँहरुमा दोस्रो चरणमा राहत वितरण गरिएको हो । नगर समिति जयपुर दक्षिणले दोस्रो चरणमा चित्रकुट, सुदर्शनपुरा, श्याम नगर एरियामा १५ परिवारलाई ५–५ किलो चावल, १०–१० किलो आटा, १–१ किलो दाल, १–१ लिटर खाने तेल, १–१ पोका नुनको दरले राहत वितरण गरिएको छ ।

त्यसैगरी सिविल लाईन, सी स्कीम, मानसरोवर, मीनावाला आदि ठाऊँमा २८ परिवारलाई १०–१० किलो आटा, १–१ किलो दाल, १–१ किलो खाने तेल, १–१ पोका नुनको दरले राहत सामग्री वितरण गरिएको छ ।

यसरी दोस्रो चरणमा ४१० किलो आटा, ७५ किलो चावल, ४३ किलो दाल, ४३ किलो खाने तेल, ४३ किलो नुन वितरण गरिएको छ ।

त्यसैगरी क्षेत्रीय सदस्य ओम थापाले आफुले व्यक्तिगतरुपमा ११ परिवारलाई ११० किलो चावल, ११ किलो खाने तेल, साड़े ५ किलो नुन सहयोग गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार