मूल प्रवाहद्वारा निर्मला पोख्रेलको उपचारका लागि आर्थिक सहयोग

खिमराज चालिसे

चंडिगढ, १६ जुन । प्रदेशी भूमी, गरिब परिवार र जन्मिदै मुटुमा प्वाल परेको बालिकाको उपचारमा मूल प्रवाह चंडिगढले सहयोगको हात अगाडि बढाउँदै भा.रु. १८४२० (ने.रु. २९४७२) सहयोग गरेको छ ।

प्युठान जिल्ला, झिमरुक गाउँपालीका १ बडाचौर निवासी जनक पोख्रेल र श्यामकला पोख्रेलको ९ महिनाको बालिका निर्मला पोख्रेलको मुटुमा प्वाल परेको सम्वन्धमा पिजीआई अस्पताल चंडिगढको खर्च विवरण सहितको रिपोर्ट संलग्न निवेदनको आधारमा उनको पारिवारिक स्थितीबारे जाँच बुझ गरि पिडीतलाइ नगर अध्यक्ष मानबहादुर केसी, उपाध्यक्ष बालाराम न्यौपाने, नगर समितिका थमन थापा, केन्द्रीय सदस्य दिनेश खडका, महिला क्षेत्रीय सचिव जुना चालिसे, लगायतको नेतृत्वमा नगर समितिका कार्यकर्ताहरुको सक्रियतामा उक्त रकम संकलन गरि उपचाररत निर्मलाको आमालाई हस्तान्तरण गरिएको हो । रकम संकलनमा बालाराम न्यौंपानेको विषेश भूमिका रहेको नगर सचिव तेज बहादुर रोकाले बताउनु भएको छ ।

डाक्टरहरुका अनुसार उपचारमा ठुलो धनराशि खर्च हुने भएकोले सहयोग गर्न इच्छुक व्याक्ति वा संघसस्थाहरुले आमा श्यामकला पोख्रेल मोवाइल नम्बर +ढज्ञठटडज्ञढद्दछढडड मा सम्पर्क गरी सहयोग गरिदिन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार