मूल प्रवाहद्वारा मुम्बई नयाँ गाउँमा राहात वितरण

मुम्बई । मुम्बई नयाँगाउँमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले राहात बितरण गरेको छ । समाजको संगठन निर्माण हुन नसकेको स्थानमा पनि संगठनका कार्यकर्ता तथा पश्चिम भारत क्षेत्रीय समितिका अध्यक्ष वेदबहादुर कार्कीले मुम्बई नयाँगाउँमा नारायण भटराईलाई सम्पर्क गरि क्षेत्रीय सल्लाहकार पवन गुरुङको सहयोगमा राहात वितरण गरिएको छ ।

मुम्बई नयाँगाउँ स्थित रहनु भएको नेपाली श्रमिकहरु राशनको अभावमा परेको वेलामा समाजबाट आफूहरुले पाएको सहयोगबाट आफूहरुलाई निकै राहात पुगेको बताएका छन् । नयाँ गाउँमा १५ परिवाए ३५ जनालाई सो राहात स्वरुप खाद्यान्न वितरण गरिएको हो ।

पवन गुरुङ, वेदबहादुर कार्की र नारायण भटराई बीच २२ मे २०२० का दिन समन्वय गरि १५ परिवारलाई राहात गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार