मूल प्रवाहद्वारा रक्तदान शिबिर सम्पन्न

वापी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तरगत पर्ने वापी (पूर्व) नगर समितिको आयोजनमा रक्तदान कार्यक्रम १२ जनवरी २०२० का दिन वापी शहरस्थित चनोदको केविएस कोलेजमा सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता नगर अध्यक्ष भुवनसिंह धामीले र सञ्चालन चेतनाथ ढकालले गर्नुभएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य तथा पश्चिम भारत क्षेत्रीय समितिका अध्यक्ष बेद बहादुर कार्की, केन्द्रीय सल्लाहकार सदस्य रमकला काउछा, क्षेत्रीय कोषाध्यक्ष श्रीधर शर्मा, क्षेत्रीय स–सचिव प्रविणसिंह काउचा, क्षेत्रीय सदस्य शोभा धामी, क्षेत्रीय सल्लाहकार पवन गुरुङ्ग तथा नगर सचिव गनबहादुर राना, नगर सदस्य विष्णुमाया शर्मा, तुलसीराम भण्डारी, दुर्गा ढकाल, बामदेव कडेंल, कमला ढकाल, इन्द्रबहादुर बन्जारा, मध्यपश्चिम भारत क्षेत्रीय उपाअध्यक्ष टंक कुवरको उपस्थिती रहेको थियो ।

त्यसै गरि नरसिंग कलेज प्रीसीपल श्रीमती टि.के. भुटीय, सरीगामबाट टंकप्रसाद दहाल, सुरतबाट बि.डि. राजपुतको उपस्थिति रहेको थियो । बिहान १० बजेबाट सुरू भएको कार्यक्रम सांझ ६ बजे समाप्त भएको थियो । यस कार्यक्रममा उत्साहपुर्वक उपस्थिती रहेको थियो । ५० युनिट रक्त संकलन गर्नमा सफल भएको थियो । रक्तदाताहरूलाई पवन गुरुङ्गको सहयोगमा चाय नास्ताको आयोजना गरिएको थियो ।

कार्यक्रमको अन्तमा नगर अध्यक्ष भुवनसिंह धामीले कार्यक्रमको समापन गर्दै रक्तदान कार्यक्रमलाई सफल पार्नमा सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यबाद दिंदै आगामी दिनहरूमा पनि यसै प्रकारको सहयोगको अपेक्षा समेत प्रकट गर्दै सम्पुर्ण नेपालीहरू मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा आबद्ध हुन अपील गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार