मूल प्रवाहद्वारा रोहतकमा पुनः राहत वितरण

रोहतक । कोरोना भाईरसको महामारीको संक्रमण र त्यसको रोकथामका लागि भारत सरकारबाट लगाइएको लकडाउनको कारणले दैनिक ज्यालादारी मजदुरहरुलाई खान, बस्न समस्या परेको हुँदा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतकद्वारा राहत बितरण गरिएको छ ।

रोहतक अन्तर्गत बिभिन्न स्थानमा काम गर्ने श्रमजिवी नेपालीहरुलाई परिवारको चुलो जलाउन मुस्किल भएको भन्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोहतक नगर समिति समक्ष सहयोगका लागि माग राखेका थिए । यसै बिच समाजको रोहतक नगर समितिद्वारा अस्तलवोर र सुभाष नगरमा केही आवस्यक खाद्यान्न वितरण गरिएको छ ।

सो खाद्यान्न सुभाष गौतम, मोहन विक, गणेश शर्मा, विकी र खेम बहादुर लगायतका कार्यकर्ताहरुले व्यक्तिगत सहयोगमा प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार