मूल प्रवाहद्वारा लुधियानामा राहात वितरण

लुधियाना, २१ अप्रेल । नेपालको अर्थतन्त्रमा अत्यन्तै महत्वपूर्ण भुमिका निर्वाह गर्ने प्रवासी नेपालीहरू आज असाह्य भएका छन् । रोजगारीको लागि अनेकौं कष्ट सहेर भारतका विभिन्न शहरमा रेस्टुरेन्ट, ढावा (सडक होटल), पिजी, क्यान्टीन आदिमा नोकरी गर्ने, मोमोज स्टल लाउने, रेडीमा शब्जि–तरकारी बिक्री गर्ने एवं चाय पसल गर्ने, विभिन्न पार्टीहरूमा वेटर काम गर्ने नेपालीहरूको अवस्था दयनीय बन्दै गएकोछ । लकडाउनका कारणले उनीहरूमा भोकमारीको अवस्था श्रृजना भएको छ । जहाँ उनीहरुलाई व्यवस्थापनका लागि राखिएको छ, त्यहाँको स्थिति अत्यन्तै खराब छ । यस्तै समस्यामा परेका नेपालीहरुलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतका विभिन्न स्थानहरुमा राहत प्रदान गर्दै आइरहेको छ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिद्वारा संचालित लुधियाना नगर समितिले अखिल भारत नेपाली विद्यार्थी संघ लुधियाना नगर सचिव एवं एडवोकेट ललीता पोखरेलको पहलमा मूल प्रवाहका कार्यकर्ताहरु तथा स्थानीय वार एशोशियशनका एडवोकेट सिद्धान्तको सहयोगमा कामदार नेपाली मजदुरहरुलाई राहात सामाग्री वितरण गरिएको छ ।

केन्द्रीय सदस्य बासुदेव भटाराई, क्षेत्रीय सदस्य दोर्ण प्रसाद पोखरेल, नगर अध्यक्ष उदयसिंह चंद, रामचन्द्र पौडेल, मानबहादुर आले, खुमबहादुर थापा, गोबिंद परियार लगायतका कार्यकर्ताहरुको उपस्थितिमा आर्थि चोक, कुमारमण्डी, फिरोज गांधी मार्केट लगायतका स्थानहरुमा राहात सामाग्री वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार