मूल प्रवाहद्वारा श्रद्धाञ्जली सभा सम्पन्न चेन्नई

कोटी प्रसाद पोखरेल

चेन्नई १९ सेक्टेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय संगठन समितिद्वारा सञ्चालीत चेन्नई पुर्व र उत्तर नगर समितिको संयुक्त आयोजनामा शोकसभा कार्यक्रम सम्पन्न भएको छ ।

वरिष्ठ कम्युनिस्ट नेता खगुलाल गुरुङको निधन भएको छ । दिवङ्गत गुरुङको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोकसभा सम्पन्न भएको छ । पुर्व नगर सचिव कोटि प्रशाद पोख्रेलको सञ्चालन र पुर्व नगर उपाध्यक्ष ओमकान्त शर्माको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रममा दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष चन्द्र बहादुर थापा, क्षेत्रीय कोषाध्यक्ष लोकेन्द्र पौडेल, काशिराम शर्मा र पुर्व नगर समितिबाट टिका थापा र उत्तर नगर समितिबाट रवि अधिकारीले अतिथि आशन गर्नुभएको थियो ।

का. खगुलाल गुरुङप्रति श्रद्धाञ्जली दिनुहुनेमा पुर्व नगर समितिबाट सुर्य भुसाल, टिका थापा, लोकेन्द्र पौडेल, काशिराम शर्मा, विमल लामिछाने, लोक प्रशाद पराजुली, कोटिप्रशाद पोख्रेल, लक्ष्मण चालीसेले श्रद्धाञ्जली मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार