मूल प्रवाहद्वारा हिमाचलमा सहरानीय कार्य

भावनगर सुंग्रा । यतिवेला विश्व व्यापी महामारीको रुपमा देखापरेको नोवेल कोरोना भाइरस (Covid-19) को कारण आम जनजनमा व्यापक सन्त्रास, डर, भयको अवस्था छ । यस महामारीका कारण विश्व स्वास्थ्य संगठनले समेत विश्व स्तरमा संकटकाल लागु भएको बताएको छ ।
           यसै बीच भारत प्रवासमा छरिएर रहेका श्रमजिवी नेपालीहरुको सामाजिक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले कोरोना भाइरसबाट बच्नलाई आम जनतामा सचेतना फैलाउने उदेश्यका साथ अगाडि आएको छ । समाजको हिमाचल राज्य समितिले एउटा पोष्टर बनाएर आम हिमाचलस्थित आम नेपालीहरु समक्ष पुग्ने गरि सजगता अपनाउन पहल गरिरहेको छ ।
              यसै बीच हिमाचल राज्य समिति अन्तर्गत भावानगर सुंग्रा नगर समितिले किन्नोर जिल्ला अन्तर्गतका विभिन्न स्थानहरुमा कोरोना भाइरसबाट बच्नलाई आम नेपाली श्रमिकहरुलाई जानकारी गराएको छ । पोष्टरमा भाइरबाट बच्चनका लागि अपनाइने विभिन्न सतर्कताका उल्लेख गरिएको छ ।
          केन्द्रीय सदस्य तथा राज्य समितिका कोषाध्यक्ष विरु श्रेष्ठको नेतृत्वमा सो पोष्टर विभिन्न स्थानहरुमा टास्दै हिंडिएको बताइएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समितिद्वारा जारी पोष्टर र नेपाली दूतावासद्वारा जनचेतनाका लागि जारी अपिल साथसाथै ठाउँ–ठाउँमा चिप्काउँदै र बितरण गर्दै हिंडिएको हामीलाई विरु श्रेष्ठले जानकारी दिनुभएको छ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समिति अंतर्गत नगर समिति भावनगर का कार्यकर्ता साथीहरू covid-19 कोरोना वायरस विरुद्ध जन चेतना हेतु ।
सहयोगी समाज निरोगी जनता हाम्रो प्रयास। ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार