मूल प्रवाहद्वारा २०२० को सदस्यता अभियान शुरु

हिसार । भारतस्थित नेपाली श्रमजीवीहरु बीच विगत ४० वर्षदेखि निरन्तर संघर्षरत संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले वर्ष २०२० को सदस्यता अभियान शुभारम्भ गरेको छ ।

समाजको सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिद्वारा सञ्चालित हिसार नगर समितिले जनवरी पहिलो सातादेखि धमाधम सदस्यता अभियान शुरु गरेको हो । यसैगरि भारतका अन्य शहरहरुमा स्थापित समितिहरुद्वारा पनि सो अभियान शुरु भएको बताइएको छ ।

समाजको नगर समिति हिसारको आयोजनामा सदस्यता÷नविनीकरणलाई निरन्तरता दिने कार्यमा नगर समिति हिसारद्वारा संचालित सिटि एरिया वि का सदस्य मोहन घर्ती मगरको पहलमा नगर सचिव तथा क्षेत्रीय सल्लाहकार तारा सोमरेको विशेष उपस्थितिमा मूल प्रवाहको बिधान अनुसार नेपाली श्रमजिवीहरुलाई सदस्यता ग्रहण गराउने कार्य भएको हो ।

सदस्यता अभियानमा मूल प्रवाहमा लामो समयदेखि सदस्यता ग्रहण गरि आर्थिक, नैतिक, भौतिक रुपमा सहयोग पुयाउँदै आउनु भएका कार्यकर्ता वीर बहादुर राना, कमल सारुको पहलमा युवाहरूलाई मूल प्रवाहको झण्डामुनी गोलबन्द गर्ने कार्य भएको छ । मूल प्रवाहको सदस्यता अभियान जनवरी–फरवरी महिनाभरि चल्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार