मूल प्रवाहले कोरोना पीडित देव बहादुरलाई उद्धार गर्यो

आगरा । विगत लामो समयदेखि आगरामा कार्यरत तथा स्थायीरुपले जवाङ्ग, खरेनी, गुल्मी निवासी करीब ४० बर्षिय देव बहादुर पछिल्लो दुई सप्ताह पूर्व कोरोना पोजीटिभ भएका थिए । स्वस्थमा केही लक्षणहरू देखापरे पछी कोठीको साहुले जिल्ला चिकित्सालय आगरालाई सूचित गरेर स्वस्थ्य परिक्षण गराउँदा रिपोर्ट पोजीटिभ आएको थियो । त्यसपछी कोठीको साहुले आफ्नो घरमा नराखेर तथा बेवारिशे तरिकाले छोडेको हुनाले देव बहादुरले यस सम्बन्धमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, नगर समिति, आगराका अध्यक्ष मीट्ठू के.सी.लाई सूचित गरेका थिए ।

यो सूचना पाउना साथ नगर अध्यक्ष मीट्ठू के.सी.को सक्रिय कदममा पीडितलाई औषधी उपचारको साथै भाडाको कोठा दिलाएर होम कोराइन्टाइन तथा भोजनको व्यवस्था गराउनमा सहयोग पुराउदै आएको थियो ।

कोरोनाको नाम सुनेर जहाँ आफन्त नातेदारहरूले भेटघाट बन्द गर्छन् भने हाम्रो संगठनका सक्रिय कार्यक्रर्ताहरूले आफ्नो प्रवाह नगरेर मानवताको अनुकरणीय उदाहरण दिदै पीडितलाई आवश्यक परेका सबै चीजको हरपल उपलब्ध गराउनु भएको थियो ।

सहयोगीहरुको अथक प्रयासको फलस्वरूप पुनः परिक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको थियो । साथै देव बहादुर पूर्णतयाः स्वस्थ भएर काममा फर्किएका छन् । देव बहादुरले ‘एकता समाज’ प्रति आभार प्रकट गर्दै संगठनलाई धन्यवाद दिदै भनेका थिए ।

‘एकता समाज एउटा मात्रै प्रवासी नेपालीहरूको अभिभावक संगठन हो, अन्य कुनै पनि संगठनले नेपालीहरुको हक, हित तथा कल्याण गरेका छैनन्, अन्य संगठनहरू सामाजिक संजालमा मात्रै पाईन्छन् । प्रत्यक्ष रूपले घरदैलोमा पुगेर सहयोग गर्ने संगठन भने एकता समाज मात्र हो । यस उद्धार कार्यमा लाखन परियार, दीननाथ थापा, पूरन परियार, इन्द्र प्रसाद कोइराला र चन्द्र बहादुर लगायतले सक्रियरूपले सहयोग पुराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार