मूल प्रवाहले दिलायो ३ लाख ६८ हजार ३२० क्षतिपूर्ति

श्रीगंगानगर । भारतस्थित नेपालीहरुको अभिभावक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज श्रीगंगानगर नगर समितिको पहल तथा सक्रियतामा नेरु ३ लाख ६८ हजार ३२० दिलाएको छ । सो रकम बाजुरा जिल्ला, बडिमालीका नगरपालिका–८ का लाल बहादुर रावलको छोरा ३२ वर्षीय बलबहादुर रावलको परिवारलाई दिलाएको हो ।

मूल प्रवाहका केन्द्रीय सदस्य कृष्ण जीसी र वैकल्पिक सदस्य त्रिभुवन भटृटराईको नेतृत्वमा नगर अध्यक्ष गिरु प्रसाद न्यौपाने, सचिव वसन्त भण्डारी, उपाध्यक्ष हुमबहादुर विक, सदस्य रेशम भण्डारी र हुकुमबहादुर जीसी तथा मृतकका नेपालबाट आएका कान्छो भाई नरेन्द्र रावत, मामा दलबहादुर थापा एवं दिल्लीबाट आएका आफन्त गोरबहादुर रावत समेत अन्य २ जना रहेको प्रतिनिधि मण्डल घटनास्थल समेत आसपास अनुगमन गर्न गएको थियो ।

उक्त प्रतिनिधि मण्डलले १५ सेप्टेम्वर करिव १० वजे वेलुका तिव्र गतिमा मृतक बल बहादुर रावल चढेको मोटरसाइकिल गाइगोरु रहेको झुण्डमा ठक्कर मार्न पुग्दा घटनास्थलमै एउटा गाइको मृत्यु भयको र रावल गम्भीर घाइते अवश्थामा नजिकैको प्राइवेट अस्पतालमा स्थानियको सहयोग र मूल प्रवाहका साथिहरुको निर्देशनमा भर्ना गरिएको बताए ।

अघिल्लो दिन उनको मृत्युको घोषणा डाक्टरहरुले गरेको तथ्य सहित मृतक वलबहादुरले ट्रांसपोर्ट कम्पनिसँग जोडिएर आफ्नै काम गर्दथ्ये । उक्त तथ्यहरुका आधारमा मूल प्रवाह श्रीगंगानगरको पहलमा स्वदेशबाट वोलाइएका उनका भाई नरेन्द्र रावल र मामा दलबहादुर थापा बीच मालिकसँग वार्ता गरि क्षतिपूर्ति दिलाइएको थियो ।

तत्पश्चात शवको दाह संस्कार गरिएको हामीलाई हाम्रा सहयोगी खिमराज चालिसे जानकारी दिनुभएको छ ।

मृतकले आफ्नै काम गरेपनि ट्रांसपोर्ट कम्पनिको मालिकसँग उनको काम जोडीएकोले मालिकलाई दवाव दिइ मूल प्रवाहले उक्त रकम दिलाएर आफ्नै रोहवरमा मृतकका भाइलाई सो रकम हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार