मूल प्रवाहले नगद रु. ६ लाख २५ हजार क्षेतीपूर्ति दिलायो

हैदराबाद । आलमुनियम मोडिभकेसन गर्ने कम्पनीमा ड्युटीमा कार्यरत रहेको दौरानमा दुर्घटनामा परि ज्यान गुमाएका एक नेपालीलाई ६ लाख २५ हजार क्षतिपूर्ति दिलाइएको छ । सो क्षतिपूर्ति मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिका सचिवालय सदस्य घनश्याम शर्माको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले दिलाएको हो ।

गैडावाह ७ रूपन्देही हाल तेलंगाना राज्यको हैदराबाद प्रशान्तनगरमा एउटा सानो आलमनियम मोडिभकेसन गर्ने कम्पनीमा करिब ९ बर्षदेखि काम गर्दै र त्यही कम्पनीले दिएको कोठामा श्रमति र ३ बर्षको छोरा सहित बस्दै आएका थिए । सर्वजितको २७ वर्षका छोरा अनिल विकको २५ जुन २०२१ का दिन बिहान ९ बजे सधैझैं ड्युटीमा गएका थिए । आफुले सधै काम गर्दै आएको ग्यास भट्टी जलाएर कोहि समय पर साथीहरुसँग बसेर भट्टि ताते नतातेको हेर्न जाँदा भट्टिको आगो बन्द भएकोले पुनः ११ बजेको भट्टिको ढोका खोल्ने दौरानमा ग्यास भट्टि पडकिएर निज अनिल विक रगतै बिहोस् भएका थिए । तुरुतै नजिको अस्पतालमा पुर्याइएको थियो तर डाक्टरले मृत्यक घोषित गरेको थियो । संगै कामगर्ने साथीले मृतकका बुबालाई फोन गरी जानकारी गराएका थिए ।

घटनाको जानकारी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिका सदस्य घनश्याम शर्मालाई जानकारी प्राप्त भए पछि तुरून्तै घटनास्थलमा पुगेका थिए । मृतकका बुबासँग मिलि कुकटपल्ली पुलिस स्टेशनमा रिपोर्ट गर्नुका साथै एफआईआर दर्ज गरिएको थियो ।

एफआईआर दर्ज गरिए पछि कम्पनी मालिकलाई पुलिस स्टेशनमा बोलाएर मूल प्रवाहको प्रतिनिधिहरुले क्षतिपूर्तिको माग अगाडी बढाएको थियो । करिब २ दिनसम्मको प्रयासबाट रु. ५ लाख २५ हजार तत्काल र १ लाख पछि केस निकाल्दा दिने गरी ६ लाख २५ हजार दिलाइएको छ । इएसआई र पेनशन मिलाउने सहमति भएको छ ।

हस्पिटलको सबै प्रकिया पुरा गरि २७ जुन २०२१ का दिन मुसापेट समसानघाटमा कम्पनीका कर्मचारहरु र संगठनका साथीहरु मृतकको परिवारहरुको उपस्थितमा दाहासंस्कार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार