मूल प्रवाहले भेटाएको बालक पितालाई हस्तान्तरण

चंडीगढ़ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारत प्रवासमा रोटिरोटीको खोजीमा पसेका लाखांैलाख नेपालीहरुको विचमा अभिभावकिय भूमिका निर्वाह गर्दै आएको छ । वेलावेलामा घटने घटनाहरु सम्बन्धमा दुःखी, गरिव र वेसहाराहरुको वास्तविक अभिभावक भएको समेत आम श्रमजिवी वर्गमा समेत छाप छोडेको छ । मूल प्रवाहका कार्यकर्ताहरुको चासो, सकृयता र जिम्वेदारी वोधबाट नै मूल प्रवाहलाई एक अभिभावक संगठनको गौरवमय छवि प्राप्त भयको छ ।

जिल्ला कालिकोट, वाझकोट घर भएका भइबहादुर वमका छोरा दिनेश वम वर्ष १४ का १४ नोभेम्बर २०१९ दिन अलपत्र परि चंडिगढको ट्रिवुन चौकमा आटोचालक सुजीतलाई रोइरहेको अवस्थामा भेटिएका थिए । भेटिंदा ति बालकसँग १४००÷– नगद र १५ हजार बढिको सामान (महिलाहरुले ओडने सलहरु) सम्म थियो । तर हिन्दी वोल्न समेत नजान्ने भएकोले अटोचालक सुजितले मानविय कर्तव्य पुरा गर्दै सेक्टर २८ मा नेपाली समाचारका, सम्वाददाता खिमराज चालिसे समक्ष ती वालकलाई पुराएका थिए ।

उनलाई सोधपुछ गर्दा उनी ५ दिन पहिलामात्र नेपालबाट आएका र सलहरु विक्रिको काममा आप्mनै वुवासँग कुम्लो बोकेर हिडिरहेकै अवस्थामा छुटेको बताए । उनलाई भारतमा आफुहरु कुनठाउँ वसेका छौं भन्ने थाहा त थिए न नै नेपालको पुरा ठेगाना थिएन । बाबाको फोन नम्बर पनि जानकार नभएको बताउने ति बालक उनलाई आफू बसेको इलाकाको वारेमा नेपाली भाषा सोधपुछ पछिमात्र हामीलाई कुनै फोहर फालेर फोहरको डंगुरको पहाड नजिक ठुलो विल्डिङ्ग भएको र त्यहीं आफूहरु बसेको बताएका थिए ।

तत्पश्चात अन्दाजाकै भरमा डडडुमाजरा गाउँ चंडिगढमा खोजतलास गर्दा उनका बाबु र आफन्तहरु फेलापार्न सफल भइ वालकलाई उसैदिन बाबु भइ बहादुर वमलाई हस्तांतरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार