मूल प्रवाह कोचिन नगर समितिद्वारा सहयोग

कोचिन । मूल प्रवाह कोचिन नगर समितिले लकडाउनमा फसेका नेपालीलाई सहयोग गरेको छ । रोजगारीको सिलसिलामा नेपालदेखि केरलाको कोचिन नगरीमा गत १७ मार्च २०२० कादिन आइपुगेका गुल्मी जिल्ला निवासी सुभाष बिक र अमृत बिक एक होटलमा काममा लागेका थिए । लगत्तै लकडाउन शुरू भएपछि कैयौं दिनसम्म खाना पनि खान नपाएको उनीहरु बताउँछन् ।

भाषाको समस्याले गर्दा आफू कहाँ छौं, भन्ने पनि सहि ठाउँ बताउन नसक्ने उनीहरुका आफन्त, चिनेजानेका साथीहरूलाई सम्पर्क गर्दा बम्बैबाट एकजना गोपाल नाम गरेका साथीले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिका सदस्य मदन शर्मालाई जानकारी गराए पछि कोचिन नगरका कोषाध्यक्ष गणेश शर्मालाई जानकारी प्राप्त भएको थियो ।

त्यसको लगत्तै उनीहरुलाई फोन सम्पर्क गरि सम्बन्धित ठाउँमा रहन, यताउता नलाग्न र कसैले डर धम्कि दिएमा तुरुन्त सम्पर्क गर्न तथा छिट्टै भेट्ने आश्वासन दिए अनुसार उनीहरुलाई भेट गरि केही आर्थिक सहयोग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार