मूल प्रवाह चेन्नई दक्षिणमा ४२औं स्थापना दिवस मनाईयो

लोकेन्द्र पौडेल,
चेन्नई दक्षिण । भारतस्थित नेपालीहरुको अभिभावक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ४२ औँ वर्षमा प्रवेश गरेको छ । समाजको चेन्नई दक्षिण नगर समितिको आयोजनामा स्थापना दिवस मनाइएको छ ।

कार्यक्रमका मूल प्रवाहको केन्द्रीय सदस्य मदन शर्माले ७ नोवेम्वर १९७८ मा ७ जना अग्रजहरुको नेतृत्वमा स्थापना भएको संगठन आज आएर विश्वभरि छरिएर रहेका मजदुर वर्गहरुको मुटुको धडकन बनेको बताउनुभयो ।

कार्यक्रमलाई नगर उपाध्यक्ष खगराज आचार्य, कोषाध्यक्ष जीवन शर्मा, नगर सदस्य रण बहादुर थापा, हर्क थापा, रोशन थापा, चुडामणि शर्मा, कमल वस्याल, शिव प्रसाद पन्थी, महिला विभागबाट जुना शर्माले शुभकामना दिनुभएको थियो । उक्त कार्यक्रमा कृष्ण पौडेल, रोमनाथ सुवेदी नविना बस्नेत, सीता आचार्य लगाएत को उपश्थिती रहेको थियो ।

चेन्नई दक्षिण नगर अध्यक्ष लोकेन्द्र पौडेलको अध्यक्षता तथा सदस्य कृष्ण प्रशाद शर्माको सञ्चालनमा भएको कार्यक्रममा सचिव उमान्द चालीसेले स्वागत गर्नु भएको थियो । सो कार्यक्रमको संचालन नगर सदस्य कृष्ण प्रशाद शर्माले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार