मूल प्रवाह धमाधम संगठन विस्तारमा, बेचराजीमा नगर समिति गठन

बेचराजी, १८ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने बेचराजी ठुलो इन्डस्ट्रिजमा नगर समिति गठन गरिएको छ । १८ जुलाई २०२१ का दिन केन्द्रीय सचिव तथा पश्चिम भारत क्षेत्रीय अध्यक्ष बेद बहादुर कार्की र केन्द्रीय सदस्य गोविन्द बहादुर थापाको विशेष उपस्थितिमा श्रमजिवी नेपालीहरु बीच भेला सम्पन्न भएको छ ।

रमेश विष्टको सञ्चालन र रामबहादुर विष्टको अध्यक्षतामा अगाडि बढेको सो भेलामा सहभागिहरुलाई मोहन केसीले स्वागत गर्नुभएको थियो । भेलाबाट बेचराजी नगर समिति निर्माण गरिएको छ । भेलामा सहभागिहरु बीच केन्द्रीय सदस्य गोविन्द बहादुर थापाले मूल प्रवाहको अबश्यकता र महत्वको बारेमा प्रकाश पार्नुभएको थियो ।

नयाँ समितिमा अध्यक्ष– राम बहादुर बिष्ट, उपाध्यक्ष– मोहन केसी, सचिव– रमेश सोनी, सहसचिव– देवेन्द्र विक, कोषपध्यक्ष– राज केशी, लाल बहादुर विक, जितेन्द्र विक, राज बहादुर बोउडेल, कलम विष्ट, वैकल्पिक सदस्यमा लक्ष्मण सोनी, प्रकाश नेपाली, सल्लाकार सदस्य प्रेम केशी र नन्दाराम केसी रहनुभएको छ । नयाँ निर्वाचित समितिलाई गोविन्द थापा र वेद बहादुर कार्कीले वधाई एवं शुभकामना दिनुभएको ।

गुजरात सुरेन्द्र नगरमा नगर समिति गठन

महेषाणामा नगर समिति पुनर्गठन

भावनगर नगर समितिको प्रथम भेला सम्पन्न

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार